दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक करोडको लगानीमा कालोपत्रे सडक निमार्ण कार्यको मेयर किशोर कुमार लिम्बुले अनुगमन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर पक्की निमार्णधिन सडकको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अनुगमन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

वर्षा सुरु भएसंगै निमार्ण कार्य अबरुद्ध हुने देखिएकोले निमार्ण कम्पनीलाई तिब्र गतीबाट निमार्ण कार्य अघि बढाउन मेयर किशोर कुमार लिम्बुले निर्देशन गर्नुभएको छ् । ठुल्ठूला खाल्डा खुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो कच्ची सडक कालोपत्रे हुन थालेपछि स्थानियबासीमा खुशी छाएको छ् । निमार्ण कार्यको जिम्मा पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ् ।

बाटो वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेकाले बिद्यार्थीहरुलाई विद्यालय पुर्याउन र बजार सम्म पुग्न कठिन हुदै आएको स्थानियबासी राजु गुरुङ्गले बताउनुभयो । स्थानिय सरकारको पहलमा संघिय सरकारको सहयोग निमार्ण भईरहेको पक्की सडकले ७ सय बढी घरधुरीलाई आवतजावत गर्न सहज हुने उहाँले बताउनुभयो ।

घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि आफुहरु निकै उत्साहित स्थानियबासीहरुले बताएका छन् ।
