दोधारा चाँदनीमा क्षयरोग मुक्त अभियान अन्तर्गत ‘क्षयरोग खोज पड्ताल शिविर’

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘हो † हामी क्षयरोग अन्त्य गर्छौ’ नारा सहित क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत सक्रिय ‘एक दिने क्षयरोग खोज पडताल शिविर’ सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ वडा कार्यालयमा सञ्चालन भएको क्षयरोग खोज पडताल शिविरमा वडा नं. ७, ८, ९ र १० का क्षयरोगको आशंका भएका ब्यक्तीहरुको उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिनुभएको छ् । पालिका क्षेत्रलाई क्षयरोग अन्त्य गर्ने नेपाल सरकारको रणनिति तथा कार्यक्रम अनुरुप शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । साबिकको दोधारा गाबिस र साबिकको चाँदनी गाबिसमा शिविर सञ्चालन गर्ने नगरपालिकाको योजना अनुसार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ वडा कार्यालयमा क्षयरोग खोज पडताल शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा तथा क्षयरोग मुक्त समाज नेपाल अभियानका संयोजक प्रनिता भट्टका अनुसार १ सय ३५ जनाले शिविरमा जाँच गराएकोमा २५ जनामा रोगको उच्च सम्भावना देखिएकाले खकार संकलन गरि जिन एक्सपर्ट परीक्षणका लागि दोधारा चाँदनी नगर अस्पताल पठाईएको बताउनुभएको छ् । जाँचमा केही ब्यक्तीहरुमा फोक्सो सम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो । क्षयरोग नियन्त्रणका लागि समुदायमै पुगेर गरिएको स्क्रिनिङ प्रभावकारी भएको उहाँको भनाई छ् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले उद्धघाटन गरेको शिविरमा उपप्रमुख गंगा देबी जोशी, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्स्य संदिप उपाध्याय, महिला स्वयम सेविका, स्वास्थ्यकर्मी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

spot_img