दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस भव्यता साथ मनाईएको छ् । १८ औं गणतन्त्र दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा रहेको युवाहरुको समुह उत्थानशिल युवा सञ्जालले दोधारा चाँदनी नगरपालिकामा ट्राफिक सचेतना, सरसफाई लगाएत बिभिन्न कार्यक्रम गरि १८ औं गणतन्त्र दिवस मनाईएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका नगर संयोजक दुर्गा बडुवाले जानकारी दिनुभएको छ् । नगर प्रहरी, नेपाल प्रहरीको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा सवारी दुर्गघटना न्युनिकरणको लागी सचेतनामुलक कार्यक्रम, महाकाली झोलुङ्गे पुल क्षेत्रमा सरसफाई तथा महाकाली झालुङ्गे पुलमा नेपालको झण्डा फेर्ने तथा सन्ध्यामा दिप प्रज्वलन गरि १८ औं गणतन्त्र दिवस मनाईएको संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष पदम सिंह रावल, ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिका नगर अध्यक्ष दिवान चन्द, उत्थानशिल युवा सञ्जालका पदाधिकारी, नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, राजनितिक दलका युवा लगाएत स्थानियबासीको बाक्लो सहभागिता रहेको थियो ।

पछिल्लो समय गणतन्त्रलाई उल्ट्याउने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनु पर्ने दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर भएको बताउदै गणतन्त्रलाई अझ उचाई सम्म पुर्याउन सबैको दायित्व रहेको बताउनुभएको छ् ।

