कञ्चनपुरको खुला मञ्चमा बृहत योग शिविर हुदैं


कञ्चनपुर : ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं,’’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिका –४ स्थिीत खुल्ला मञ्चमा जेष्ठ १७ गते देखि २३ गते सम्म सप्त दिवसीय निःशुल्क वृहत योग विज्ञान शिविर हुने भएको छ । प्रमुख प्रशिक्षण पुज्या साध्वी डा.देवविजयाको पावन मार्गदर्शनमा प्रशिक्षक पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायतको प्रशिक्षण रहने पतञ्जति योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले बताउनु भयो । १७ गते बाट सञ्चालने हुने वृहत योग शिविरको उद्दघाटन समारोहमा आर्थिक मामिला मन्त्री बहादुर थपाको प्रमुख आथित्य रहने छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा हुन लागेको सप्त दिवसीय योग विज्ञान शिविरमा १ हजार देखि १५ सय सम्म विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको सामुदायिक सेवा केन्द्र कञ्चनपुरका अध्यक्ष भोजराज भट्टले बताउनु भयो । ‘यहाँका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई विहान ४ः३० बजे देखि ६ः३० बजे सम्म सञ्चालन हुने योगमा भाग लिने छन् । योगको माध्यमबाट विद्यार्थीहरुलाई कुलतमा लाग्न बाट बचाउनुको साथै पढाईमा रुची जगाउन मद्दत मिल्ने कानुनी सल्लाहकार पुर्णा भट्ट जोशीले बताउनु भयो । ’

सप्त दिवसीय योग शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपन, ग्याँस, कब्ज, ढाड दर्द, नसा च्यापिने, पिनास, एजर्ली, थायरायड, दम, माईग्रेन, जोर्नी दुख्ने, तनाव आदि रोगहरुको निः शुल्क योगाभ्यास रहने छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले योग मार्फत समाजिक सचेतना जगाउने कार्यमा पत्रकारको भूमिका निर्वाहमा जोडदिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडक बहादुर खत्रीले योग मार्फत जागरण ल्याएर समाजिक टेवा पुग्ने बताए । सामुदायिक सेवा केन्दका कानुनी सल्लाहकार सृजना भट्टले योग मार्फत कुलतमा फस्ने युवाहरुलाई बचाउनुपर्नेमा जोडदिए । २३ जेठ सम्मै योग संचालन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img