महेन्द्रनगरमा गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण


महेन्द्रनगर : कञ्चनपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । १८ औं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमाले वृक्षारोपण गरेको छ । बिहिवार महेन्द्रनगर स्थित इको पार्कमा प्रेस चौतारी नेपाल कञ्चनपुरले विभिन्न प्रजातिका बोटविरुवा रोप्दै गणतन्त्र दिवस मनाएको हो । प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले गणतन्त्र दिवसको अवसर पारी इको पार्कमा वृक्षारोपण गरिएको बताए ।

पछिल्लो समय गणतन्त्रलाई उल्टाउँने कुचेष्टा भइरहेकाले त्यसको प्रतिकार स्वरुप आम जनमानसले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनुपर्ने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष गिरीले बताए । गणतन्त्रका उपलब्धिहरुलाई आम जनमानसमा जगजाहेर गर्दे सुनौलो गणतन्त्रका किरणहरुलाई कलमको माध्यमबाट आम जनमानस सम्म पु¥याउन प्रेस चौतारी नेपालले कार्यक्रमको आयोजना गर्दे आएको अध्यक्ष गिरीले बताए ।

वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य श्याम भट्ट , केन्द्रिय सदस्य देवराज साउद, केन्द्रिय सदस्य धर्मा रोकाया, प्रदेश कोषाध्यक्ष लक्ष्मण पन्त, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष सुरेश सिह धामी , कोषाध्यक्ष मोहन बिष्ट, प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला उपाध्यक्ष भुपाल केसी, सचीव धन बहादुर बोहरा लगायत पत्रकारहरुको उपस्थित गरेको थियो ।.

यस्तै, वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक प्रकाश भट्ट , प्रदेश कमिटी उपसचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य महेश प्रसाद पन्त , प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, जिल्ला उपाध्यक्ष जनक अवस्थी, जिल्ला उपसचिव असोक चन्द, भीमदत्त वडा १८ का अध्यक्ष रबिन्द्र देवकोटा, दोधारा चादनी वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत लगायत नेताकार्यकर्ताहरुको उपस्थितमा भव्यतापुर्वक वृक्षरोपण गर्दै गणतन्त्र दिवस मनाइएको प्रेस चौतारी नेपाल कञ्चनपुरका उपाध्यक्ष भुपाल केसीले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img