राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर ः शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यवसायीक खेतीमा संलग्न किसानलाई बजार संग जोडनका लागि कार्य अगाडी बढाईएको छ । नगरपालिका संग सहकार्य गरी कनेक्ट परियोजनाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफुल, बेसार लगायतको बजारीकरण गर्नका लागि किसान संग सुझाव सङकलनको कार्य गरेको छ ।

मध्यवर्ती क्षेत्र अन्र्तगतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्र भित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालक लगायत संग छलफलको कार्य गरी उत्पादीत कृषिजन्य बस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको कार्य गरिएको परियोजनाको समन्वयात्मक कार्यमा संलग्न हिमाली प्रकृति कार्यक्रमका संयोजक श्रीराम घिमिरेले बताउनु भयो ।

“समस्या पहिचान गरी किसान, व्यापारी र एग्रोभेट सञ्चालक विच समन्वयात्मक कार्य अगाडी बढाईएको छ” उहाँले भन्नुभयो, “उत्पादीत कृषिजन्य बस्तुको उचित मूल्य किसानले पाउनु पर्छ, त्यसका लागि तीनै पक्ष विच समन्वात्मक सम्बन्ध स्थापित गर्दै छौं ।” किसानलाई व्यवसायीक कार्य सहज रुपमा अगाडी बढाउनका लागि बैंक, वित्तिय संस्था, सहकारी,कृषि बीमा लगायत संग जोडनका लागि कार्य अगाडी बढाईएको उहाँले उल्लेख गर्नु भयो ।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर बिष्टले किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउदा खेर गैरहेको बताउनु भयो । “किसानले मिहिनेत गरी तरकारी उत्पादन गर्छन” उहाँले भन्नुभयो, “बजार पाईदैन मर्कामा छन ।” उहाँका अनुसार बिना रोकटोक बिषादी परिक्षण नगरिकनै भारतीय व्यापारी सस्तोमै बजारमा पुग्छ । त्यस संग स्थानिय किसानले प्रतिस्पर्धा गर्न सक्दैनन्, बिक्री हुदैन ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको तरकारी लगायतको बाली जङगली जनावरले खाएर नोक्सानी पुरयाउने भएकाले बैकल्पीक खेतीलाई प्रवद्र्धन गरी बजारीकरण गरिनु पर्ने उहाँले बताउनु भयो ।
मध्यवर्ती क्षेत्रको नगरपालिकाको वडा नं ६ र ७ का किसानले केही वर्ष अघि क्यामाइल र बेसार खेती गरेका थिए । बजार नपाउदा सो खेती किसानले दुई वर्ष पछि गर्न छाडेको उहाँले बताउनु भयो । कनेक्ट परियोजनाका टिम लिडर मनोज ओझाले किसान, व्यापारी र एग्रोभेट सञ्चालकलाई एकै ठाउमा राखेर दीगोबजारीकरण कसरी गर्न सकिन्छ, कुन बाली लगाउदा बढी फायदा हुन्छ, उत्पादन बढी दिन्छ भन्ने बारे समस्या पहिचान गरी सहजीकरणमा जोड दिईएको बताउनु भयो ।
तीन वटै पक्षबाट आएका सुझावलाई माथिल्लो निकायमा पठाएर बजारीकरणको रणनीति तयारमा सघाउ पुरयाउने उद्देश्यका साथ कार्य भैरहेको उहाँको भनाई रहेको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले परियोजना सञ्चालन भएपछि किसान–व्यापारी संग समन्वय गरी बजार अभावको समस्याको दीगो समाधानका लागि प्रयासहरु भैरहेको बताउनु भयो । “नगर क्षेत्रमा कृषिमा आधारित उद्योगहरु बढी मात्रामा सञ्चालनमा रहेका छन” उहाँले भन्नुभयो, “किसानको आयस्तर कसरी बढन सक्छ, कृषिजन्य उद्योगको विकास कसरी हुन सक्छ भन्नेमा लागेका छौं ।” किसानले उत्पादन गरेका कृषिउपज सहज रुपमा बिक्री वितरण गर्नका लागि हाटबजारको आवश्यकता रहेको चर्चा गर्नु हुदै उहाँले कृषि मन्त्रालयमा हाटबजार स्थलमा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटका लागि अश्वासन पाईएको बताउनु भयो । हाटबजार सञ्चालनमा ल्याउन सकिए किसानले कृषिजन्य बस्तुको बजार पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
व्यवसायीक खेतीमा संलग्न किसानलाई बजार नपाउदा हतोत्साहीत हुनबाट जोगाउनाका लागि बजारीकरणमा सहजीकरण गर्ने कार्य परियोजना मार्फत भैरहेको उहाँले उल्लेख गर्नु भयो ।
नगरपालिकाको वडा नं ३ का किसान बसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहुदा लागत खर्च उठाउन नसकिने अबस्था रहेको बताउनु भयो । तरकारी बिक्री नभएपछि खेतवारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाडन थालेको बताउनु भयो । नगरपालिकामा हुने मुख्य बालीहरु, चुनौती र कृषिमा महिलाहरुको संलग्नता बारे कृषि शाखाबाट सुझाव लिईएको छ । पोष्टहारवेष्ट,मूल्य श्रृङखला, बजार माग अनुसारको उत्पादन तथा बजारीकरणको समस्या, बजारको माग, पूर्ति, खरिदकर्ताको प्राथमिकता, बिउविजन छनौट, गुणस्तरीय बीउ, मल तथा बिषादीको प्रयोग, पालिकामा पकेट क्षेत्र निर्माण गर्न उपयुक्त हुने बाली छनौट, बजारीकरण,खरिद बिक्री सम्बन्धी समस्या लगायतबारे चर्चा गरी किसानलाई जानकारी दिने कार्य संगै सुझाव लिने कार्य गरिएको छ ।






