कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर(बागवाणी)मा रहेको जिम हाउस तेक्वान्दो डोजाङ्गको जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपाल भट्ट, भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले अनुगमन गरेका छन । सोमबार खेलकुद कार्यालय प्रमुख भट्ट र वडाध्यक्ष देवकोटाले जिम हाउस तेक्वान्दो डोजाङ्गको अनुगमन गरेका हुन ।

उक्त जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक एव भीनपा १८का वडा सदस्य हेम बहादुर बस्नेतले अनुगमनका क्रममा खेलकुद कार्यालय भट्ट र वडाध्यक्ष देवकोटाले खेलकुद बृद्धि विकासका साथै कुलतमा फस्ने युवाहरुलाई कुलत मुक्त गराउने बताएका छन । यस अघि प्रदेश संसद बेल बहादुर राना सहितका सरोकारवालाले समेत अनुगमन गराएका छन ।







