कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटीले कञ्चनपुरमा ‘जनसम्बन्ध विस्तार तथा समाजवादी जागरण अभियान संचालन गरेको छ । आईतबार पुनर्वास नगरदेखि नेकपा विप्लवले कञ्चनपुरमा ‘जनसम्बन्ध विस्तार तथा समाजवादी जागरण अभियान संचालन गरेको हो ।

पुर्नवासको आईबिआरडी बजारमा नेकपा कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले अभियानको उद्घाटन गर्दै जिल्लाभरी निरन्तर जनसम्बन्ध विस्तार तथा समाजवादी जागरण अभियान संचालन गरिने बताए । उनले अभियानलाई गाँउ गाँउ बस्तीसम्मै पु¥याउँदै पाटीलाई थप जनतासंग जोड्दै समाजवाद जागरण ल्याउने बताए । स्वदेशी उत्पादन सहित नागरिकलाई स्वदेशमै सक्षम बनाउने नेकपा कञ्चनपुरको दावि छ ।







