दोधारा चाँदनीमा वर्षाको पानी निकासको लागी सर्वे सुरु


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वर्षायामको पानी निकासाको लागी नाला निमार्ण गर्न सर्वे सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० हुदै बाबाथान बजार, चाँदनी बजार, महकाली झोलुङ्गे पुल सम्म झण्डै १२ किलोमिटर पक्की सडक क्षेत्रमा वर्षाको पानी निकासाको लागी सर्वे सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बजार क्षेत्रमा वर्षाको पानी जमेर बजार क्षेत्र डुवान हुने हुदा डुवान समस्यालाई हल गर्न सर्वे सुरु गरिएको उहाँले बताउनुभयो । संघिय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाले सर्वे गरि सुरु गरेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । आवश्यकता अनुसार दोधारा चाँदनी नगरपालिकाको मुल सडकको दुवै भागमा नाला बनाई वर्षाको पानी निकासा गरि डुवान रोक्ने योजना अनुरुप सर्वे सुरु गरिएको उहाँले बताउनुभएको छ् ।

वर्षायाममा आएको पानीले बिशेषत : दोधारा चाँदनी नगरपालिकाका बजार क्षेत्रमा डुवानमा पर्ने भएको र पानी निकासा नभएको कारण हिडडुल र धनमालको क्षती हुने बिषयलाई मध्यनजर राख्दै संघिय सरकारलाई अनुरोध गरि वर्षाको पानी निकासा व्यवस्था गरिन थालेको बताईएको छ् । दोधारा चाँदनी नगरपािलका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले दोधारा चाँदनीको मुल सडक खण्डमा क्षेत्रमा वर्षाको पानी निकास गर्न सर्वे सुरु गरेको भन्दै संघिय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनालाई धन्यबाद दिनुभएको छ् ।

वर्षायाममा पानी जमेर डुवान पर्ने समस्या हुने हुदा वडा नं. १० बैतिफाँटा देखि वडा नं. ४ महाकाली झोलुङ्गे पुल सम्मको झण्डै १२ किलोमिटर क्षेत्रको बिभिन्न आवश्यक स्थानमा वर्षाको पानी निकासाको लागी नाली निमार्ण गर्न सर्वे थालेकालेकोमा स्थानियबासीहरुमा खुशियाली छाएको बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा रहेको बजार लगाएत क्षेत्रमा वर्षाले डुवान पर्ने भएको हुदा दोधारा चाँदनी नगरपालिकाको पहलमा संघिय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाले सुरु गर्न थालेको वर्षाको पानी निकासा योजना उत्साहजनक रहेको स्थानियबासीहरुले बताएका छन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img