दोधारा चाँदनी– ४ मा तिन महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ् । ‘सिप सिकौ, आत्मनिर्भर बनौ’ नारा सहित दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ वडा कार्यालयको सहयोगमा महिलाहरुको लागी तिन महिने निशुल्क सिलाई कटाई तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । चालु आर्थिक वर्षको वडा कार्यालयको योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने बेरोजगार महिलाहरुको जिवनस्तर उकास्न सिलाई कटाई तालिम सञ्चालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

पञ्चकोटी दलित व्यवसायिक समितिको आयोजना र दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोगमा वडामा बसोबास गर्ने ४० जना महिलाहरुलाई छनौट गरि तालिममा सञ्चालन गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । उहाँले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने वडाध्यक्ष भक्त बहादुर सुनारको भनाई रहेको छ् ।

आधारभुत सिलाई कटाई तालिमले महिलाहरुलाई व्यवसायी बनाउन उन्मुख गर्ने बताउदै दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले आगामी दिनहरुमा वडा कार्यालयले एडवान्स तालिम सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ् । उहाँ तिन महिना सम्म प्रशिक्षकद्धारा सिकाईएका सिपलाई व्यवहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ् । तालिमले महिला दिदी बहिनीहरुलाई स्वरोजगार, आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् ।

वडाको समृद्धि र बिकासको लागी वडाबासीहरुलाई समय अनुकुल बिभिन्न सिप सिकाएर आत्मनिर्भर बनाउने कार्य भईरहेको उहाँको भनाई रहेको छ् ।

तिन महिने सिलाई कटाई तालिमको समापन सत्रमा तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको पञ्चकोटी दलित व्यवसायिक समितिले जनाएको छ् ।

 

ताजा समाचार

spot_img