पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा ४ दिने आधारभुत खोज उद्धार तालिम सुरु भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोरद्धारा सञ्चालित ‘जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना’ अन्तर्गत ४ दिने आधारभुत खोज उद्धार तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको समन्वयमा समुदाय स्तरको क्षमता अभिवृद्धिका लागि आधारभूत खोज तथा उद्धार तालिम सुरु गरिएको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । तालिममा बाढी, डुवान, भूकम्प, आगलागी, तातो हावाको प्रभाव र सर्प दंश लगाएतका विपद्को जोखिम कम गर्न सैद्धान्तिक जानकारी र कृत्रिम घटना नमुना अभ्यास मार्फत सिकाई प्रदान गरिने कार्यक्रम रहेको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

तालिममा विपद्को प्रत्येक चरणहरु, पूर्वसूचना, उद्धार तथा राहत र पुनस्र्थापनामा समुदायको क्षमता अभिवृद्धि गरिने नगरप्रबक्ता धनाडीले बताउनुभएको छ् । आगामी दिनमा विपद् जोखिम न्यूनिकरणमा तालिमले ठुलो योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त बस्ती कुतियाकवर, शान्ती टोल, पटरा खल्लाका सामुदायिक विपद् व्यवस्थापन समिति, खोज उद्धार टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीहरुको सहभागिता रहेको छ् । बाढीको उच्च जोखिममा रहेका नदी तटीय क्षेत्रका समुदायहरु साथै जलवायुजन्य अन्य विपद्हरुबाट प्रभावित समुदायहरुलाई उत्थानशिल बनाउनका लागि उनिहरुको विपद् पूर्व तयारी साथै प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

तालिमबाट आगामी दिनमा कुनै पनि प्रकारका विपद्को अग्रिम प्रतिकार्य, पूर्वतयारी र प्रतिकार्य गर्न सहज हुने कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । संकटहरुको प्रभाव न्यूनिकरण गर्न र जलवायुजन्य अन्य विपद्बाट प्रभावित समुदायहरुलाई दीर्घकालीन रुपमा सक्षम तथा उत्थानशील बनाउने उद्देश्यले ‘जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना’ सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

परियोजनाले विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहको सहकार्य मार्फत जोखिम न्यूनीकरणमा योगदान पुर्याईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुको दाबी छ् ।
