दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हालै सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गणबाट आधारभुत तालिम लिएर फर्केका नगर प्रहरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ् । स्थानीय तह सञ्चालन ऐन २०७४ मा नगर प्रहरीको व्यवस्था गरिए अनुरुप दोधारा चाँदनी नगरपालिकाले नगर प्रहरीले शान्ति, सुरक्षा र स्थानीय तहको सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै नगर प्रहरी भर्ना सुरु गरेको हो । नगर प्रहरीहरुले आफ्नो कर्तव्य र जिम्मेवारी प्रति वफादार भएर काम गर्नुपर्नेमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर प्रहरीलाई स्वागत कार्यक्रममा निर्देशन दिनुभएको छ् । नगर प्रहरीको स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, वडाध्यक्ष लगाएत नगर प्रहरीको उपस्थिती रहेको थियो ।

लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई आएका नगर प्रहरी जवानलाई दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, वडाध्यक्षहरुले स्वागत गर्दै निर्देशन दिनुभएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरि सिंह धनाडीले बताउनुभयो । नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित हुन निर्देशन गरिएको बताउदै नगर प्रबक्ता हरि सिंह धनाडीले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरिएको बताउनुभयो ।

उच्च कोटिको अनुशासन, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवम् धैर्यताका साथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्य क्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन गरिएको नगर प्रबक्ता धनाडीले बताउनुभएको छ् । नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

दोधारा चाँदनी नगर प्रहरीमा एक जना असई, दुई हवल्दार र १२ जना सिपाही गरि जम्मा १५ जना नगर प्रहरी रहेका छन् ।






