माओबादी केन्द्र दोधारा चाँदनीको दोस्रो नगर सम्मलेन सम्पन्न, अध्यक्षमा पुन : भक्त सुनार

दोधारा । नेकपा माओदी केन्द्र दोधारा चाँदनीको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा एक कार्यक्रम बिच नेकपा माओबादी केन्द्रको भब्यताको साथ दोस्रो नगर सम्मलेन सम्पन्न भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् ।

नेकपा माओबादी केन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश सभाका पुर्व मन्त्री मान बहादुर सुनारको प्रमुख आतिथ्यमा संचालन भएको नगर सम्मेलनले दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नेकपा माओबादीका नेता भक्त बहादुर सुनारलाई नगर अध्यक्ष पदमा चयन गरेको नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य भरत भट्टले बताउनुभएको छ् ।

यस्तै नगर सम्मेलनले उपाध्यक्षमा परशुराम सुनार, अंगबिर दमाई, करुणा ठगुन्ना, सचिवमा करन मगर, सह–सचिवमा टेक बहादुर ओली, कोषाध्यक्षमा पार्वती तिरुवा गरि २९ सदस्यीय नेकपा माओदी केन्द्र दोधारा चाँदनी नगर कमिटि चयन गरिएको नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य भरत भट्टले बताउनुभएको छ् ।

ताजा समाचार

spot_img