भीनपा–१८ इको पार्कमा लागेको आगो नियन्त्रणमा


कञ्चनपुर : भीनपा–१८ इको पार्कमा लागेको आगो नियन्त्रणमा कञ्चनपुर : विहीबार भीनापा १८मा सालघारीमा रहेको इको पार्कमा आगलागी भएको छ । विहीबार बिहान इको पार्कमा आगलागी भएको स्थानीयले भीनपा –१८ मा खबर गरे पछि वडा सदस्य तथा नगर प्रहरी संयोजक हेम बहादुर बस्नेतको नेतृत्वमा भीमदत्तनगरपालिकाको नगर प्रहरी, भीनपा १८का कर्मचारी र स्थानीहरू साथै बारुणयन्त्रको सहयोगमा आगो बुझाइएको छ ।

गर्मी बढी रहेको हुनाले सानो आगोको झिल्का वा सल्किएको चुरोट बाट पनि आगलागी हुन सक्ने भएकोले सबैले आगलागी हुन बाट ध्यान दिनु जरुरी रहेको वडा सदस्य हेम बहादुर बस्नेतले बताए । अहिले किसानको गँहु काटने समय रहेकोले ठुलो क्षति बाट बच्नको लागि आगलागी हुन नदिन सबैले ध्यान दिन जरुरी छ ।

देशका विभिन्न स्थानमा आगलागीको घटनाले लाखौ रुपैयाँको क्षति हुनुको साथै बन जङ्गल डढेलोको चपेटामा रहेका छन् भने त्यसमा आश्रित जनावर, चराचुरुङ्गी, किराफट्याङ्ग्रा लगायत विभिन्न जीवजन्तु आगलागी बाट नष्ट हुने छन् । त्यसैले प्राणीको रक्षा गर्नको लागि पनि जथाभावी आगलागी हुन नदिन हामी सबैले ध्यान दिन जरुरी छ । सबैले धनजनको रक्षाको साथै प्राकृतिक सम्पदा र वन जङ्गलको सुरक्षाको लागि आगलागी हुने कार्य रोक्न जरुरी छ ।


Loading Viewer...

ताजा समाचार

spot_img