कञ्चनपुर : ‘मर्याद्धित सहकारी समन्वत समाज’ भन्ने मुल नाराको साथ आज ६८ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाइएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भीमदत्त नगरपालिका बाट शुरु भएको प्रभात फेरी छलिया नृत्यका साथ बजार परिक्रमा गरी कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रममा परिणत गरिएको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथी रहेका पदम बोगटीले, ‘सहकारी राष्ट्र निर्माणको लागि मेरुदण्ड भएकोले सबैले सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण गर्नु पर्ने बताए ।’ उनले भने सहकारीका ऐन, नियम, कानून र मापदण्ड रहेर काम गर्नु पर्दछ ।’

भीमदत्तनगर नगर सहकारी सञ्जालको आयोजनामा, भीमदत्त नगरपालिका, नेपाल बचत तथा ऋण केन्द्रीय संघ, जिल्ला बहुउदेश्यीय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकको सहायोग रहेको थियो । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा रहेका सहकारीहरुको कार्यक्रममा उपस्थित रहेका थिए ।

६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा भीमदत्तनगर नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी खेरलको सभापतित्व रहेको थियो, कार्यक्रमका प्रमुख अतिथी भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन भीमदत्तनगर नगर सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्दले गर्नु भएको थियो ।







