कञ्चनपुर : कञ्चनपुरको भीनपा १८ स्थित रहेको उदयदेव बहुउद्देश्यीय सहकारीले समुदायको विकासको लागि अहम भुमिका खेल्दै आएको छ । वि.स २०५६ सालमा स्थापना भएको सहकारी संस्थाले आफनो २५ वर्षको कार्यकालमा समुदाय र समाजको लागि निकै ठुलो फड्को मार्न सफल भएको छ । संस्थामा हाल २६१०० जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल चुक्ता पु“जी २१ करोड ९१ लाख ३६९०० रहेको छ भने संस्थाले सुदुर पश्चिमका चार वटा जिल्ला कञ्चनपुर कैलाली, डडेल्धुरा र बैतडी बाट सदस्यहरु लाई सेवा दिदैं आएको छ ।

संस्थाले सहकारीमा सुशासन र प्रविधिमा एकीकरण भन्ने सहकारी दिवसको नारालाई आत्मसात गर्दै संस्थाले एटिएम, एसएमएस, मोबाईल बेकिङ्क क्यूआर जस्ता डिजिटल सेवा अनलाई सफ्टवेयर मार्फत सदस्यहरुलाई दिदै आएको छ । संस्थाले छरिएर रहेको पु“जी वचतका रुपमा संकलन गरी सदस्यहरुकै आर्थिक समाजिक तथा सांस्कृतिक विकासका उनीहरुमा नै लगानी गर्दै आएको छ । जसमा हाल रु १ अर्व ९१ करोड ९ लाख ३५ हजार ६१३ वचत रहेको छ भने १ अर्व ६३ करोड ६४ लाख ७२ हजार ६३८ कर्जा लागनीमा रहेको छ ।

संस्थाले भिमदत्त १९ वागफ“ाटामा कृषि प्रर्वद्धन केन्द्र मार्फत कष्टम हयरि¨ सेन्टर, बीउ प्रशोधन केन्द्र, प्रशोधन उद्योग (राईस मिल) का साथै विभिन्न सरकारी तथा ग्रैर सरकारी निकाय संग समन्वय गरी सदस्यहरु लाई ग्रैर वित्तिय सेवा प्रदान गर्दै आएको छ । कष्टम हँयरि¨ सेन्टर बाट निजी क्षेत्रका भन्दा १०∞ कम मा आधुनिकी कृषि यन्त्र उपकारण संचालनमा ल्याएको छ । बीउमा आत्म निर्भर बनाउन सदस्यहरुलाई बीउ उत्पादन कार्यक्रममा जोडदै गएको छ र बीउ उत्पादक सदस्यहरुलाई सहुलियतमा मूल बीउ, रसायनिक मल, बिषादी तथा अन्य बालीलाई आवश्यक पर्ने खाद्यय तत्वउपलब्ध गराउनुका साथै कृषि प्राविधिक सेवा उपलब्ध गराई उनीहरुको बालीमा देखिएका समस्या समयमा नै समाधान गरी बाली संरक्षण गर्ने कार्य समेत गर्दै आएको छ ।

त्यसै गरी संस्थाले समुदायका लागी जेष्ठ नागरीकहरुको सम्मानमा निःशुल्क आखा जाँच शिविर महेन्द्रनगर आखा अस्पतालमा, भिमदत्त, वेदकोट, शुक्लाफाँटामा र दोधारा चाँदनी नगरपालिकामा सदस्यहरुका लागी स्वास्थ्य शिविर संचालन गरेको छ । उदयदेव बहुउद्देश्यी सहकारी संस्थाले प्रत्येक वर्ष सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ । जसबाट विशेष गरी ग्रामिण महिला वर्गमा देखिएको वित्तिय अनुशासन र प्रविधीमा पहुँच रहेको छ । साथै सोहि कार्यक्रमा प्रत्येक वर्ष सदस्यका जेहनदार छात्र/छात्रा लाई छात्रवृति स्वरुप झोला, कापी, कलम र अन्य शैक्षिक समाग्री प्रदान गर्दै आएको छ ।
संस्थाले सहकारी सिद्दान्त पाचौ सिद्दान्त शिक्षा, तालिम र सुचना को पालना गर्दै लघुउद्यम विकास, कृषि तथा पशुपंन्छी पालन तालिम संचालन गर्दै सदस्यहरुको ज्ञान, सिप अभिबृद्धि गरी सदस्यहरुको आय आर्जनमा बृद्धिका साथै स्वरोजगारी श्रृजना गर्दै आएको छ । संस्थाले नगरपालिक स्तरमा माध्यमिक विद्यालय स्तरीय हाजीरीजवाफ प्रतियोगिता र वक्तृत्व कला र विद्यालयमा नै सहकारी शिक्षा कार्यक्रम संचालन गरी युवा वर्गलाई सहकारी सन्देश पुरयाउने कार्य समेत गर्दै आएको छ ।






