कञ्चनपुर : उग्र राजावादीको हिन्सात्मक आन्दोलन प्रेस र पत्रकार निसानामा परेको भन्दै नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले भत्र्सना निन्दा जाहेर गरेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरले काठमाण्डौँमा पत्रकार सुरेश र रजकलाई जिउँदै जलाएर हत्या गरेको ठहर गरेको हो ।

शनिबार पत्रकार महासंघ कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार हत्या र संचार माध्यममा तोडफोड, आगजनी बिरुद्धमा बिरोध प्रर्दशन गरेको छ । त्रिनकुनेमा राजावादीको हिन्सात्मक आन्दोलनको रिर्पोटिङ्गमा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार रजकलाई आगजनी गरेको घरमा थुनेर बाहिर आउन नदिई अमानविय रुपमा क्र्रुर हत्या गरेको भन्दै घटनानको सत्यतथ्य छानबिनको माग अघि सारिएको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले संचारकममा खटिएका पत्रकारको निर्मम तरिकाले हत्या भएको र अर्कातिर विभिन्न संचार माध्यममा तोडफोड, आगजनीको जति निन्दा गरेपनि कमै हुने भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

पत्रकार रजत सहित अन्य नागरिक, संचार माध्यम सहित नागरिकका निजी घर, सम्पत्ती तोडफोड गर्ने कार्य लोकतन्त्र संविधान बिरोधी गतिबिधी भएकाले उक्त राजनैतिक आन्दोलन नभई अपराधिक आन्दोलन भएकाले गैर कानुनी गतिबिधी नियन्त्रण गर्न समेत सरकारसंग माग अघि सारेका छन । पत्रकार महासंघ शाखा कञ्चनपुरको कार्यालयदेखि शुरु भई बजार हुँदै मदन चोकमा पुगेको बिरोध सभामा समेत जिल्लाका अग्रजदेखि पत्रकार संघ संगठनहरुले घटनाको घोर निन्दा एव भत्र्सना गर्दै आन्दोलनको नाममा नागरिकको हत्यादेखि तोडफोड हिन्सा कुनैपनि हालमा स्वीकार्य नहुने भन्दै यस्ता कार्य बिरुद्धमा डटेर सामना गर्ने उद्घोष गरेका छन ।

उक्त बिरोध सभामा प्रेस यूनियन जिल्ला सचिव देबेन्द्र खडका, चौतारी जिल्ला अध्यक्ष मदनगिरी, प्रेस सेन्टर अध्यक्ष अरुण प्रशाद भट्ट, पत्रकार महासंघ जिल्ला पुर्व अध्यक्षद्वय लक्ष्मण तिवारी, विष्णूदत्त अवस्थी, पत्रकार महासंघ पुर्व केन्द्रीय उपाध्यक्ष एव बरिष्ठ पत्रकार चित्राङ्ग थापा, पत्रकार महासंघ जिल्ला अध्यक्ष सुरेश सिह धामी, नागरिक समाजका अगुवा अमिर तिरुवाले सम्बोधन गर्दै गणतन्त्र बिरुद्धमा राजवादीले गरेको उक्त हिन्सात्मक आन्दोलनमा काममा खटिएका पत्रकारको हत्याको जति निन्दा एव भत्र्सना गरेपनि कमै हुने बताएका छन । घटनाको सत्यतथ्य छानबिन गरेर कार्बाही नगरेर महासंघले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन । पत्रकार महासंघले पत्रकार हत्यादेखि संचार माध्यममा सिधै गएर तोडफोड, आगजनी, आतङककारी गतिबिधी बिरुद्धमा देशभरी चरणबद्ध आन्दोलन गर्दैछ ।






