कञ्चनपुर : दानेश्वरहरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित भएको छ । देशभरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चेत्र ५ गते निर्वाचन तोकिए पनि धेरै जसो क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

दानेश्वरहरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निवार्चन कार्यतालिकामा असन्तुष्ट जनाई एक पक्षले फाल्गुन २८ गते तालाबन्दी गरेको र चैत्र ३ गते सहमतीका लागी विद्यार्थी संगठनहरुलाइ आवहन गर्द सम्पर्कमा नआएकोले अर्को सूचना नआए सम्मको लागि निर्वाचन स्थगीत गरिएको निर्वाचन अधिकृतले जनाएका छन् साथै असन्तुष्ट पक्षलाई तालाबन्दी फिर्ता लिई क्याम्पस सहज रुपले सचारु सहयोग गर्न पनि अनुरोध गरेको छ ।







