कोष स्थापनाको लागी पेशागत महासंघ नेपाल दोधारा चाँदनी होली खेल्दै

दोधारा । पेशागत महासंघ नेपाल दोधारा चाँदनीले होली कार्यक्रम सुरु गरेको छ् । कोष स्थापनाको लागी दोधारा चाँदनी नगरपालिकामा रहेको पेशागत महासंघ नेपालले होली विशेष कार्यक्रमको सुभारम्भ गरेको हो । पेशागत महासंघ नेपाल दोधारा चाँदनीले सबैको घर दैलोमा पुगी होली पर्वको शुभकामना आदान प्रदान गर्दै होली पर्व भव्य एवम् सभ्य रुपमा मनाउने भएको हो ।

पेशागत महासंघ नेपाल दोधारा चाँदनीको होली बिशेष कार्यक्रमको उद्धघाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य चिनी गिरी, नेकपा एमाले जिल्ला कमिटी उपसचिव राजिव खड्का, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष गोपीलाल कडेंल, हरि सिंह धनाडी, पेशागत महासंघ नेपाल जिल्ला कमिटी सह–सचिव मान बहादु भण्डारी, पेशागत जिल्ला कमिटी सदस्य कोमल पन्त, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कमिटी सदस्य गोपाल दत्त भट्ट, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष चन्द्र देब पन्त, शिक्षक महासंघ का नेता तर्क राज भट्ट लगाएत कर्मचारी तथा स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार