झलारी : नेपाल कम्युनिष्ट पार्टी(नेकपां) ले शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्रका जनता संग प्रत्यक्ष रुपमा सरोकार राख्ने जनतन्त्र, जनजिविका, विकास, सुशासनका कार्यहरु जनतामुखि भएर कार्यान्वयन गराउनु पर्ने १८बुँदे माग अधि सार्दै नगर प्रमुख रण बहादुर महरालाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका नगर समिति इन्चार्ज ललित जङ्ग सी र सचिव कर्ण सी लगायतका नेता तथा कार्यकर्ताहरुले नगर प्रमुखलाई कायकक्षमा भेटदै ज्ञापन पत्र बुझाएका हुन ।
नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा कृषकले उत्पादन गरेको बस्तु, सामग्री संकलन केन्द्र, बजारीकरणको व्यवस्था, कृषकले उत्पादन गरेको बस्तु सिधै ग्राहहरुमा पुग्ने गरी हप्तामा एक दिन हाट बजारको व्यवस्था हुनु पर्ने , भारतबाट आयात हुने लागु औषध दुव्र्यसनीको प्रभाव नगरपालिका परेकाले ओसापसार गर्ने माथि सुक्ष्म रुपमा अध्ययन गरी कडा भन्दा कडा कारवाही हुनु पर्ने माग अघि सारिएको छ ।
यसैगरी, लागु औषध दुव्र्यसनीलाई बचाउनका लागि प्रत्येक वडामा सचेताना कक्ष सहितको अभियान सञ्चालन गर्नु पर्ने, नगरपालिका भित्रका वडा नं ३ र ४ लगायतका वडाबासीहरुको वर्षौ देखि वन माथिको अधिकार स्थापित गरिनु पर्ने, सुद्ध पिउने पानी नहुदा अधिकांस नगरबासीहरु पानीबाट सर्ने रोगका विरामीभैरहेकाले त्यस तर्फ नगरको ध्यान जानु पर्ने, लधुवित्त मिटरव्यााजी र बैंक पिडितहरुको जग्गा हडप्ने कालोसूचिमा राख्ने र पिडित जनतालाई धम्की दिनेहरुलाई आवश्यक कारवाही गरिनु पर्ने बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगर स्थीत शिक्षा र स्वास्थ्य क्षेत्रमा बढदो भ्रष्टाचार माफियाकरण , चरमलापरवाहीर अराजकतालाई नियन्त्रण गर्नु पर्ने, विकास निर्माणको क्षेत्रमा देखिएका तत्कालीन समस्याहरु पावर पहुँच रपैशाको चलखेल नगरी प्रगतिशिल विकास निर्माणको नीति बनाई अनिवार्य आवश्यकता, सापेक्षित समानता, सहभागीता मूल्यांकन ढंगबाट विकास निर्माण कार्यलाई अगाडी बढाई भ्रष्टाचार, आर्थिक अनियमितितता जस्ता खरावीको अन्त्य गरियोस ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञपान पत्रमा नगर क्षेत्र भित्रको बाँझो जमिन उपयोग गर्न आवश्यक कानुन तथा नीति बनाइनुका साथै नदी छेउछाउनमा बृक्षारोपण र तटबन्धनको व्यवस्था मिलाईनु पर्ने, नगर स्थीत सुकुम्बासी, आरक्षपीडित बाढीपीडितको विवरण संकलन गरी समस्या समाधानका लागि पहल गरियोस भनिएको छ ।
ज्ञापन पत्रमा नगरपालिकामा एउटा सांस्कृतिक विभाग गठन गरी धार्मीक क्षेत्र भित्र रहेका रुढीबादी, विभेदपूर्ण पछौटे परम्परा, जाती विभेद, महिला हिंसाको अन्त्य गर्न श्रमिक वर्गको नयाँप्रगतिशिल माौलिक सु संस्कृतिको विकास र संरक्षणका लागि जनचेतना मुलक कार्यक्रम अगाडी सारियोस । शैक्षिक कार्यविधि, शिक्षा नियमावली कार्यान्वयन, विद्यालयको आवश्यकता, दरबन्दी मिलान, विद्यालयको प्रशासनिक सुधार लगायतका विभिन्न विषयमा तत्कालीन एवम् दिर्धकालीन समस्या वर्गिकरण गरी समस्या समाधान गरियोस । गणतन्त्र स्थापना गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सालिक र शहिद गेट, शहिद संग्रहालय निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिनु पर्ने, उत्पादनका लागि उर्वर भूमि रहेको यो नगरपालिकाका कृषहरु बीउ, मल र सिचाईका अभावमा प्रायः कृषि गरिरहेकाले कृषिमा अधुनिकिकरण सहितको उत्पदनका योजना सहित सहुलियत प्रदान गरियोस । नगरभित्रका केही परिवाहरु विजुलीका पोल नभएर अध्यारोमै बस्नु पर्ने अबस्था भएकाले यस तर्फ विशेष ध्यान जानु पर्ने उल्लेख गरिएको छ ।
यो संगै दिनानुदिन युवा तथा विद्यार्थीहरु रोजगारी र उच्च शिक्षा हासिल गर्ने नाममा विदेश पलायत भैरहेकाले यो विदेशिने क्रमलाई रोक्न कृषि उत्पादनमा सहुलियत आधुनिकिकरण र व्यवहारिक तथा बैज्ञानिक र प्राविधिक शिक्षाका लागि नगरमा नीति तथा योजना बनाईयोस । स्थानिय पाठयक्रम निर्माण गर्दा सांस्कृतिक रुपान्तरण सहितको पाठयक्रम निर्माण गरिनु पर्ने बताइएको छ ।
नगरले लिजमा दिएका सटरहरु नयाँ नीति बनााएर सम्झौता गरियोस । उल्लेखित मागहरु प्रति सम्बन्धीत निकाय गम्भीर नबनेको खण्डमा कडा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिन चाहन्छौं जारी ज्ञापन पत्रमा भनिएको छ ।







