वेष्र्टन पब्लिक एकेडेमीको २५औँ बार्षिकोत्सव


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटानमा रहेको वेष्र्टन पब्लिक एकेडेमी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शुक्रबार एक कार्यक्रमका विच वेष्र्टन पब्लिक एकेडेमी विद्यालयले २५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा प्रिन्सिपल विवेकराज कलौनीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन ।

प्रिन्सिपल कलौनीले विद्यालयले शैक्षिक गुणस्तर बृद्धिकै कारण विद्यार्थीको आकर्षिण बढिरहेको बताए । ‘अहिले नर्सरीदेखि कक्षा १२सम्म ६सय हाराहारी विद्यार्थी अध्ययनरतन छन, ‘उनले भने, ‘शैक्षिक गुणस्तर सहित थप शिक्षा सुधारका कार्यक्रम संचालन निरन्तर गछौँ ।’ वेष्र्टन पब्लिक एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले आगामी बर्षमा आफ्नै विद्यालय भवन निर्माण गरिने बताए ।

कार्यक्रममा सुदूरपश्चिमको लोक नृत्य प्रस्तुत गरिएको थियो । उत्कृष्टठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । वेष्र्टन पब्लिक एकेडेमीका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक हेमन्त सिहले गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img