कञ्चनपुर : अधिकारकर्मी कोमलनिरन्जन भाट मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलाईन्स) सुदूरपश्चिम प्रदेशको इन्चार्जको भएका छन । मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलाईन्स) को काठमाण्डौँमा सम्पन्न भएको छैटौँ राष्ट्रिय महाधिवेशनबाट भाट केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्जमा चयन भएका भएका हुन ।

ईन्सेक कञ्चनपुरका पुर्व प्रमुख समेत रहेका भाट विभिन्न मानव अधिकार समाजिक क्षेत्रमा आबद्ध छन । भाटले झण्डै दुई दशकदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका थिए । आफुलाई मानव अधिकार एलाईन्सबाट पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

कञ्चनपुरको बेदकोट नगरपालिका ६सिसैयाका स्थानीय समेत रहेका भाटलाई नयाँ जिम्मेबारी पाईएसंगै सहकर्मी, आफन्त एव मानव अधिकारबाट बञ्चित नागरिकले अधिकारको अपेक्षा सहित बधाई शुभकामना दिईरहेका छन ।







