कञ्चनपुर : गत साता (१२ फागुन) देखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज समापन गरिदैछ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ को बुधबार समापन गरिदैछ । कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको थियो । । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले दिउँसो ३ बजेतिर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर थापाको प्रमुख आथित्यमा समान गरिने बताए ।

उनका अनुसार महोत्सव पूर्ण रुपमा सफल भएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा महोत्सव आयोजना गरेको बताए । ‘हामीले कोरोना महामारीका बेलामा मात्रै मेला संचालन गर्न सकेनौँ, ‘उनले भने, ‘यस विचमा दुई पटक अन्र्तराष्ट्रिय ईण्डो नेपाल व्यापार मेला समेत गरिसकेका छौँ, तेस्रो पटकको पनि तयारीमा छौँ ।’

महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिएको बताए । मनोरन्जनका लागि बाल उद्याका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति, छुट्टै थारु गाँउ खानाका परिकार समेत प्रर्दशन गरिएका छन
स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार कृषि, लघु उद्यम सहितका बस्तु तथा सेवाको प्रंचारप्रसार गर्ने उदेश्यका साथ महोत्सवको लक्ष्य रहेको छ ।

उनले महोत्सव मार्फत लगानीको अवसर सृजना गर्ने, सहकारी, लघुवित्त, वित्तिय, बैकिङ्ग क्षेत्रका सेवा एव सुविधा प्रर्दशन गरेर लगानी सृजना गर्ने उदेश्य रहेको बताए । महोत्सवमा सुदूरका मौलिक खाद्य परिकार सहित छुट्टै थारु स्टल रहने जनाएको छ । महोत्सवको आम्दानीबाट प्रति टिकेट बिक्री बाफत भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि २ रुपैया, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको कोष निर्माणका लागि १ रुपैया र अन्य समाजिक सेवाका लागि २ रुपैया छुट्याईएको छ । अध्यक्ष जोशीले विगत २३ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गरिएको बताए ।
अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्य र भारत उत्तराखण्ड प्रदेशका पर्यटन, साँस्कृतिक एव सिँचाईमन्त्री सतपाल महराजको बिशिष्ठ आथित्यमा भएको थिो । मेलाको मुख्य प्रायोजक प्रभुबैक र देउती सोप एण्ड केमिकल्प प्रालि रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १५१मुल आयोजक समिति विस्तार, १६ विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएको थियो । बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक, महासचिव खगेश्वर बोहरा सचिव रहेको मुल आयोजक समिति रहेको छ ।
निर्वतमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति, उपाध्यक्ष सुरेश गुरुङ्गको संयोजकत्वमा बाल उद्यान, उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा स्टल बुकिङ्ग, सचिव राहुल भट्टको संयोजकत्वमा साँस्कृतिक उप समिति, कोषाध्यक्ष चेकराज जोशीको संयोजकत्वका आर्थिक, सदस्य नरेन्द्र प्रशाद जोशीको संयोजकत्वमा टिकट उप समिति, सदस्य प्रेम प्रकास पाठको संयोजकत्वमा कृषि तथा पर्यटन प्रर्बद्धन समिति, सदस्य प्रदिप पाल(रदिप आरक्षपीडित)को संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य बिशाल सोनारको संयोजकत्वमा स्टल तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम, सदस्य मिनराज भट्टको संयोजकत्वमा खानेपानी विद्युत सरसफाई उप समिति, सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर तथा व्यवस्थापन उपसमिति, सदस्य तेज बहादुर चन्दको संयोजकत्वमा थारु गाँउ व्यवस्थापन समिति, सदस्य गोपाल सिह बुढापालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति विस्तार गरेर आ–आफ्नो जिम्मेबारी युद्धस्तरमा गरिरहेका छन । वाणिज्य संघका कोषाध्यक्ष चेतराज जोशीले १०दिनसम्म संचालन हुने महोत्सवमा लाखौँ दशकले मेला अवलोकनदेखि करोडको कारोबार हुने अनुमान गरिएको बताए ।






