दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया सम्पन्न गरेको छ् । भारत संग जोडिएको सिमा बस्तीहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले संचालन गरेको घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत सित जोडिएको खुला सिमा क्षेत्रमा हुने घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया सम्पन्न गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।
ग्रामिण बस्तीहरुमा महिला तथा सरोकारवालाहरुको उपस्थितीमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा नगरपालिका क्षेत्रको सबै वडाका टोल, बस्तीमा जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया सम्पन्न गरेको शाखा प्रमुख लेखकले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले दोधारा चाँदनी नगरपालिकाको ग्रामिण भेगमा जनचेतना फैलाउने कार्यक्रम गर्ने नगरपालिका कार्यालयको निर्णय भएअनुसार सरोकारवाला माँझ अन्तरक्रिया गरिएको बताउनुभयो ।
ग्रामिण भेगमा घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सयम समयमा संचालन गरि स्थानियबासीहरुलाई सचेत गराउनु आवश्यक रहेको बताउनुभएको छ् । सरकारी संयन्त्र र गैरसरकारी संस्थाहरु न्यूनीकरणका लागी लामो समय देखि लाग्दा समेत समस्या बढ्दै जानुले समाजमा हुने बिकृती, बिसंगतीलाई कसरी रोक्ने भन्ने चुनौती थपिएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । सिमा बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागी अझै सशक्त ढंगबाट जनचेतनामुलक कार्यक्रम गर्दै जानु पर्ने आवश्यक रहेको मानव बेचबिखन तथा ओसापसार नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।
भारतको दुई ठुला प्रान्त, उत्तर प्रदेश र उत्तराखण्ड संग जोडिएको दोधारा चाँदनीको खुला सिमा बस्ती मानव बेचबिखनको उच्च जोखिममा रहेको संयोजक भट्टले बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधीमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्यता रहेको संयोजक भट्टले बताउनुभएको छ् ।
दोधारा चाँदनी नगरपालिका– ८ को जनज्योती माध्यमिक बिद्यालयमा संचालन भएको घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध सरोकारवाला माँझ अन्तरक्रियाको सहजीकरण दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा, नेपाल प्रहरी र माईती नेपाल कञ्चनपुरको गरेको थियो ।