दोधारा चाँदनीमा प्रहरी भर्ना छनौट प्रक्रिया सुरु, मेयर लिम्बुको कार्यको प्रशंसा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा पहिलो पटक नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागी नगर प्रहरी भर्ना गर्न थालिएको हो । ‘नगर प्रहरी गठन सम्बन्धी ऐन’ तयार गरि कार्यान्वयनमा ल्याएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले १ जना प्रहरी सहायक निरिक्षक, २ जना हवल्दार र १२ जना जवान गरि १५ जना नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम सिंह रावलले बताउनुभयो ।

नगर प्रहरी सहायक निरिक्षकमा ३ जना, हवल्दारमा १९ जना र जवानमा ४८ जना युवा, युवतीले आबेदन दिएको र छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । सानो–सानो सुरक्षा चुनौती सामना गर्नको लागी नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भएको हुदा नगर प्रहरी भर्ना पछि पालिकाको शान्ति सुरक्षा कायम हुनेमा आफु बिश्वस्त रहेको उहाँको भनाई रहेको छ् । नगर प्रहरी भर्ना छनौटको जिम्मा नेपाल प्रहरीलाई दिएको छ् ।

न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्वार, राहत तथा पुन:स्थापना, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण कार्यमा नगर प्रहरी परिचालन गर्न सक्ने बताईएको छ् ।

संविधानले दिएको अधिकारमा टेकेर दोधारा चाँदनी नगरपालिकाले नगर प्रहरी सञ्चालन सम्बन्धी ऐन–कार्य विधि निर्माण गरी काम गरिरहेको छ् ।

 

ताजा समाचार

spot_img