रास्वपा कञ्चनपुर भेला : सभापतिमा विष्टको निरन्तरता, भट्ट बने सचिव


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको पहिलो सदरमुकाम बेलौरीमा बुधबार रास्वपा कञ्चनपुरको प्रथम भेला भएको हो । भेलाबाट पाटी जिल्ला सभापतिमा पदम विष्टले निरन्तरता पाएका छन, भने उप सभापतिमा भागरती बडाल दोहोरिएकी छिन ।

सचिवमा रामदत्त भट्ट चयन भएका छन । भट्ट भीनपा ६ऐठपुर स्थित शान्ति निकेतन माविका अध्यक्ष पनि हुन ।समाजसेवी समेत रहेका भट्ट हालै भीनपा ६ वडाध्यक्षमा चुनाव लडेका थिए । उप सचिवमा भुपेन्द्र नागरी, सदस्यहरु जनक चौधरी, गणेश खडका, गोकर्ण लामिछाने, शिवराज भट्ट, कविता सिलाल चयन भएका छन । रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले यस अघि जिल्लाका ९ पालिका सभापति स्वत जिल्ला सदस्य हुने सहित थप गरिएको बताए ।

सभापति विष्टले जनहितका कामकाज गर्ने बताउँदै बेथिति भ्रष्टाचारदेखि सरकारी ढिलासुस्ती बिरुद्धमा संघर्षको चेतावनी दिएका छन । रास्वपा केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रमुख अथिति ढकालले वर्तमान सरकार आफ्नो कर्तव्य भन्दा रास्वपा पाटी सिध्याउन केन्द्रीत भएकाले बेथिति मच्चिएको बताए । भेलामा रास्वपा जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img