महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खैरभट्टीमा यू -१७ खुला पुरुष फुटबल प्रतियोगिता एक कार्यक्रमका साथ उद्धघाटन भएको छ।

बुधबार भीमदत्त नगरपालिका वडा नं.- १५ स्थित खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयको प्राङ्गणमा द ग्यालेक्सी युथ क्लबको आयोजनामा यू-१७ खुला पुरुष फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका बीच उद्धघाटन भएको हो।

उद्धघाटन खेल सागर डिजे र आयोजक द ग्यालेक्सी युथ क्लब बिच भएको खेलमा ४-१ गोलको अन्तरले द ग्यालेक्सी युथ क्लब लाई हराउदै पहिलो जित निकालेको हो। प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर ३ ख बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सांसद बेल बहादुर रानाले गर्नु भएको द ग्यालेक्सी युथ क्लबका अध्यक्ष गजेन्द्र राज पाण्डेयले बताउनु भयो।

उनका अनुसार प्रतियोगितामा भीमदत्त नगरपालिका र बेदकोटन नगरपालिका ८ टिमको सहभागिता रहेको छ। खेल पौष १० देखि १९ गते सम्म सञ्चालन हुने छ। च्याम्पियन टिम र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएको छ।
ग्रासरुट फुटबल निरन्तर विकासको लागि प्रतियोगिताको आयोजना गरेको अध्यक्ष पाण्डेयले बताएका छन्।
आज हुने खेल महेन्द्रनगर युनाइटेड र सुन्दर युवा क्लब बीच रोमाञ्चक खेल हुने छ।
