पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भि. खोप सम्बन्धि सह–सृजना कार्यशाला गोष्ठि सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भि. खोप सम्बन्धि सह–सृजना कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

शनिबार भीमदत्त–०४ स्थित होटल ओपेराको सभाहलमा युनिसेफ नेपाल र प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिकाको समन्वयमा यहि मंसिर २७ गते देखि २९ गते सम्म चलेको कार्यक्रममा भीमदत्त नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं.–४का अध्यक्ष शुशिल कुमार भट्टको अध्यक्षतामा का.वा. नगर प्रमुख केशब सिह बिष्ट प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा–९का वडा अध्यक्ष गगन सिह कार्की, भीनपा०६ का वडा अध्यक्ष प्रकाश बहादुर चन्द,नगरकार्यपालिका सदस्य गणेश आग्री रहेको कार्यक्रममा सम्बन्धित सरोकारवाला, शिक्षक,स्वास्थ्यकर्मी, स्वयमसेवीका, बिद्यार्थी बालबालिका लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त आयोजित कार्यक्रमको पहिलो दिन बिद्यालय जाने नजाने २५ जना किशोरीहरुको सहभागीता रहेको थियो र दोस्रो दिन स्वयमसेविका, अभिभावक, शिक्षक, स्वास्थ्य तथा शिक्षा शाखा कर्मचारी, धामी झाक्री तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको तेस्रो अन्तिम दिन स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्यकर्ता, शिक्षा प्रमुख, स्वयमसेविकाहरु, वडा अध्यक्षहरु बिद्यालय जाने नजाने किशोरीहरु लगायतको सहभागिता गराईएको थियो । यस बर्षको माघ २२ गते देखि बिद्यालय जाने कक्षा ६ देखि १० सम्मका र बिद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरुलाई निशुल्क एच.पि.भी. खोप दिने कार्यक्रम रहेको प्रशिक्षक सुन्दर लामाले बताउनु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img