पप्पु गुरुङ्ग, दोधारा । पानी पर्दा हिलाम्मे र हिउदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ का स्थानियबासीले भने अव घरकै अगाडी चिल्लो सडक देख्न पाउने भएका छन् । संघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागी बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासी उत्साहित भएका हुन् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार देखि महाकाली नदी सम्म जाने झण्डै ३ किलोमिटर सडक निमार्ण थालेको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जानकारी दिनुभएको छ् । अझै सम्म धुलाम्मे सडकको सडक स्तरोउन्नती सहित कालोपत्रे गर्न थालिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो ।

गत वर्ष काम गर्न ठेकेदारले लापरवाही गरेको कारण पक्की सडक निमार्ण कार्य पुरा हुन नसकेको प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको हो । देउती बिल्डर्सले र महरा कन्ट्रकसन प्रालि. ले निमार्णको जिम्मा लिएको छ् । हाल निमार्ण कार्य दु्रत गतीमा अघि बढाईएको छ् । सडक स्तरोन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले गत वर्ष र चालु वर्षमा गरि रु. ३ करोड बजेट विनियोजन गरेको छ् । वर्षादमा हिलाम्मे र हिउदमा धुलाम्मे सडकका कारण सास्ती भोगेका दोधारा चाँदनी नगरपालिका– ७ का स्थानियबासी सडक कालोपत्रे हुनथालेपछि उत्साहित भएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो ।

गाँउको बिच भागबाट निर्माण गरिएको फराकिलो सडकले गाँउको सुन्दरता थपेको सभापती राजेन्द्र मल्ले बताउनुभएको छ् । सडक निमार्णले सो क्षेत्रको झण्डै १२ सय घरधुरी लाभान्भित हुने सभापती मल्लको आंकलन छ् । सडक फराकिलो सहित कालोपत्रे भएपछि कृषि उपजलाई बजार सम्म पुर्याउन र आवतजावतमा सहज हुने नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । गणतन्त्रको स्थापना पछि निर्वाचित जनप्रतिनिधीको पहलमा बजेट विनियोजन हुनथालेपछि योजनाले गति लिन थालेको स्थानियबासीहरुको भनाई रहेको छ् ।

सडक निर्माणले पूर्णता पाएपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानियबासीहरु बताउछन् ।






