बिबिध कार्यक्रम गरी भष्टाचार बिरुद्धको दिवश मनाईयो

कञ्चनपुर : स्वीट नेपाल कञ्चनपुरले युएनडिपी⁄एटुजेको आर्थिक सहयोगमा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धि परियोजना अन्र्तगत आज संस्थाले बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा सहकार्यमा बिभिन्न जिल्लाहरुमा कार्यक्रम आयोजना गरेको छ कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको भुवनेश्वरी उच्च माध्यमिकको प्राङणमा नगरपालिका स्तरिय भष्टाचार नियन्त्रणका लागी बिद्यार्थीको भुमीका बिषयक बक्तत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाका १२ वडा बिद्यालयका बिद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिएका थिए उक्त प्रतियोगिताको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा र वेदकोट नगरपालिका नगरउपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य र नगरपालिका उपसचिव पदमराज भट्टको.बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो उक्त कार्यक्रममा प्रथम हुने भुवनेश्वरी उमाविका भुवनेश्वर प्रसाद पन्त,द्धितिय हुनेमा अरनिको बोडिग स्कुलका सपना धानुक,तृतिय हुनेमा वाल संसार ईगलिस बोर्डिङ स्कुलका आरती बोहरा र सान्तवना पुरुस्कार पाउनेमा उदेयदेव मावि वेदकोटका सन्तोष पन्तले पाएका थिए भने उनीहरुलाई सम्मान पत्र सहित सबै सहभागी बिद्यार्थीहरु लाई कापी समेत दिईएको थियो ।

त्यसैगरी आजै कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा न ५ मा रहेको सरस्वती उमाविका ९ देखि १२ सम्मका ७० जना बिद्यार्थी र शिक्षकहरु लाई समेत भष्टाचार न्युनीकरणका गर्नका लागी उनीहरुको भुमीका बिषयमा अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सस्थाका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा र गोदावरी नपा वडा न ५ का वडा अध्यक्ष सुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । त्यसैगरी बझाङ्ग जिल्लाको जयपुथ्वी नगरपालिकाको जल्पा माध्यमिक बिद्यालयमा समेत बक्तत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी डडेल्धुरा जिल्लामा पनि बक्तत्वकला लगायत अन्र्तक्रिया कार्यक्रमहरु सम्पन्न भएका छन । स्वीट नेपालले कञ्चनपुरले कैलाली,कञ्चनपुर,डडेल्धुरा र बझाङ्गमा हेलो मुख्यमन्त्री तथा नमस्ते मेयर कार्यक्रमको सुृदृढिकरण कार्यक्रम गर्दे आईरहेको छ । खासगरी यो परियोजनाले सुुसासन लाई अझै बलियो बनाउनका लागी स्थानिय निकाय संगको साझेदारीमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दे आईरहेको कुरा कार्यक्रम मेनेजर अमित सुनारले जानकारी गराएका छन ।

ताजा समाचार