पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ का वर्ष २५ का पवन बहेक क्षेत्रीलाई यति बेला फूल टिप्न र बेच्न भ्याईनभ्याई छ् । दोधारा चाँदनी नगरपालिका– ७ का पवन बहेक क्षेत्रीले वडा नं. ९ मा रहेको सृजना आधारभुत बिद्यालयको २ बिघाह जग्गा भाडामा लिएर बहुगुणी ड्रागन फल खेती र पुष्प खेती गर्दै आएका छन् । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई बिभिन्न कार्यक्रम तथा सभा समाहरोमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । यस वर्ष एक बिघाह भाडामा लिएको जग्गामा लगाएको टेनिस बल प्रजातीको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि युवा उद्यमी पवन बहेक क्षेत्री हौसिएका छन् । सयपत्री फूलको माँग अत्यधिक भएकाले एक बिघाहको फूल पनि कम भएको पवन बहेक क्षेत्रीले बताउनुभएको छ् ।
दुई वर्ष अघि शुदुरपश्चिम प्रदेश सरकारबाट ड्रागन फल खेती सहयोग पाएको बताउदै आफुलाई सो खेतीमा ज्ञान नभएको हुदा उत्पादनमा कमी आएको पवनले बताउनुभएको छ् । गाँउ, घरमा लगाईने सयपत्री फुल जलवायु परिवर्तनको कारण बिस्तापित हुदै गएको र कृत्रिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा सयपत्री फूलको माँग बढी भएको उहाँको भनाई रहेको छ् । ड्रागन फल खेती संगै उक्त जग्गामा ३ हजार बोट सयपत्री फुलको लगाएको युवा उद्यमी बहेक क्षेत्रीले बताउनुभयो ।
बहेक क्षेत्रीले यस वर्ष देखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् । यस अघि उहाँले ड्रागन फल खेती गर्दै आउनुभएको हो । जग्गा बाँझो छाडेर विदेश जानु भन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आय आर्जनको बलियो आधार बन्ने युवा उद्यमी पवन बहेक क्षेत्रीले बताउनुभएको छ् । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको उहाँको भनाई छ् ।
पवनले फूल खेती गरिएको स्थानमा टिकटक बनाउने भिड लाग्दै आएको छ् । युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापीरुपमा युवालाई कृषिमा सहभागी गराउन सरकारले जोड दिनु पर्ने अहिलेको टडकारो आवश्यकता रहेको देखिन्छ् ।