सि.एम.ए.संघले २१ औं स्थापना दिवस मनायो

कञ्चनपुर: कञ्चनपुरले २१ औं स्थापना दिवस मंगलवार मनाएको छ । कञ्चनपुर सि.एम.ए.संघका अध्यक्ष तिलक प्रशाद जोशीको अध्यक्षता सम्पन्न भएको कार्यक्रामा प्रमुख अतिथि महाकाली प्रदेशीक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अर्जुन प्रशाद भट्ट रहनु भएका थिए ।

उनले भने नेपालमा सि.एम.ए.हरुले गाँउ गाँउमा राम्रो योगदान पु¥याका छन । सवैको पहुच विशेषज्ञ संग नपुगेका वेला सि.एम.ए.हरु ले राम्रो प्रशंसायोज्ञ कार्य गर्दै आएको छ । विशिष्ठ अतिथिमा सुदुर पश्चिम आंैषधी व्यवसायी संघका अध्यक्ष गजेन्द्र लेखक रहनु भएको थियो । सि.एम.ए. संघले स्थापना दिवसको उपलक्षमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि महाकाली प्रदेशीक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अर्जुन प्रशाद भट्टले रक्तदान कार्यक्रमको रक्तदान गरेर उद्घाटन गरेका थिए ।

त्यसै गरी रक्तदान गर्नेमा डा.यज्ञ राज भट्ट लगाएत आठ जना रहेको कञ्चनपुर सि.एम.ए.संघका उपाध्यक्ष लोकराज वोहराले वताउनु भयो । सि.एम.ए. संघले आफ्नो हरेक स्थापना दिवसको उपलक्षमा स्वास्थ्य सम्बन्धी कार्य गर्दै आइरहेको छ । कञ्चनपुरमा २०६० साल देखी नेपाल सि.एम.ए.संघ सक्रिय रहेको छ ।

ताजा समाचार