शुक्लाफाँटा नगरपालिकाको खुल्ला मञ्चमा देउडा प्रतियोगिता सुरु

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको खुल्ला मञ्चमा देउडा प्रतियोगिता सुरु भएको छ ।  मंगलबार देखि राष्ट्रिय प्रजातन्त्र पार्टी  शुक्लाफाँटा नगर कमिटिले तीन दिन सम्म देउडा प्रतियोगिता आयोजना गरेको हो ।

नगर कमिटिका संयोजक बिर सिह साउँदको अध्यक्षतामा राप्रपा केन्द्रिय सदस्य तथा बरिष्ठ अधिवक्ता हिक्मत सिंह भण्डारीको प्रमुख आतिथ्यमा बिशिष्ट अतिथि राप्रपा केन्द्रिय बरिष्ठ सल्लाहकार दशरथ जोशी,केन्द्रिय सदस्य नन्दा देवी जोशी, लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले  मौलिक कला संस्कृतिको जर्गेना गर्नु हाम्रो दायित्व रहेको बताउदै कार्यक्रम आयोजक टिमलाई धन्यवादका साथै पानसमा दिप प्रज्जवलन सगै देउडा बाचन गरी खेलको सुरुवात गरेका हुन ।

नगर कमिटीले आयोजना गरेकाे उक्त कार्यक्रमलाई सफल बनाउन महिला संगठनकि केन्द्रिय सदस्य लक्ष्मी चन्द सिहले कार्यक्रम सञ्चालन गर्नुको भएकाे थियाे। यहि भदौ २४ देखि २६ गते सम्म सञ्चालन देउडा प्रतियोगितामा प्रथम,द्धितिय हुनेलाई बिशेष पुरस्कारको व्यवस्था रहेको संयोजक साउँदले बताए ।

ताजा समाचार