कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. तथा निङ्गलाशैनी माता भगवती सेवा समितिको संयुक्त आयोजनामा संचालन भइरहेको निङ्गलाशैनी योग साधना केन्द्रको प्रथम वार्षिकी सभा साधना केन्द्रका संयोजक तथा पतञ्जलि कञ्चनपुरका मिडिया प्रभारी प्रेम सिंह भाटको सभापतित्व तथा पतञ्जलि योग समिति नेपालका केन्द्रिय सदस्य लबराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त समारोहमा पतञ्जलि कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी, महिला अध्यक्ष कमला पाण्डेय, कोषाध्यक्ष शमशेर भन्दे, प्रशिक्षण विभाग प्रमुख केशव राज पन्त विशिष्ट अतिथिको रुपमा शुभ कामना मन्तव्य राखी योग र आर्युवेद लाई संग संगै लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।
यसै गरी निङ्गलाशैनी योग साधना केन्द्रको प्रथम वार्षिक सभामा भम्केनी धामका अध्यक्ष शिवराज जोशी, निङ्गलाशैनी भगवती सेवा समितिका अध्यक्ष करविर सिंह भण्डारी, रामजानकी योग साधना केन्द्रका संयोजक दुर्गा दत्त भट्ट लगायत पचास जनाको सहभागिता रहेको थियो । समारोहका प्रमुख अतिथि पतञ्जलिका केन्द्रिय सदस्य लबराज भट्टले विगत केही बर्ष देखि कञ्चनपुर जिल्लामा योग गर्ने व्यक्तिहरूको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको , स्थानीय पालिका तथा वार्ड कार्यालयले पनि योग र आयुर्वेदमा बढावा दिईरहेकोले हरेक टोलमा योग कक्षा सञ्चालनका लागि योगमा आवद्ध शिक्षकहरू समुदाय केन्द्रित हुनु पर्ने कुरा बताउँदै निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सितल चिनीको उत्पादनमा लगेको सह्राना गर्नु भएको थियो । साधना केन्द्रको वार्षिक सभाबाट महेश चन्दको नेतृत्वमा समिति चयन भएको छ ।
उक्त समितिमा क्रमश उपाध्यक्ष बिनिता चन्द, सचिव मोहन जोशी, मन्त्री राम बहादुर चन्द, सङ्गठन मन्त्री राम दत्त पन्त, कोषाध्यक्ष भुपेन्द्र सिंह भाट, सदस्यहरूका महावीर चन्द, शेर बहादुर चन्द, राम दत्त जोशी, धना सिंह, तेजराज नाथ रहनु भएको छ । निङ्गलाशैनी योग साधना केन्द्रका संस्थापक प्रेम सिंह भाटले भीमदत्त नगर क्षेत्रमा योग र आयुर्वेदको प्रचार प्रसार र उपयोगिता घर घरमा पुर्याउन वार्षिक रुपमा कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्न आवश्यक भएकोले टोल विकास समिति र स्थानीय समुदायका आमा समुह, क्लब, कृषक समुह लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकाको महत्वपूर्ण भूमिका रहेकोले वडा वडा टोल टोलमा योग पुर्याउन निङ्गलाशैनी योग साधना केन्द्र सँगै निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. प्रतिवद्ध रहेको कुरा समेत बताउनु भएको छ ।