कञ्चनपुर: गुजारा चलाउन मातृभूमी छाडेर छिमेकी मुलुक भारत परेका चार जना नेपाली केदारनाथमै अस्थाएका छन । ६ भदौँ ०८१ बिहीबार मध्यरातमा उत्तराखण्डको केदारनाथ नजिकै पहिरो आउँदा चार नेपालीले ज्यान गुएका थिए । कामका लागि देश छाडेका चारै जना नेपालीले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन । पहिरोमा ज्यान गुमाएका मध्ये तीन जना नेपालको शव नेपाल ल्याएको छ । भने, एक नेपालीको उतै अन्त्येष्टी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेराज जोशीले शनिबार दिउँसो चार मध्ये तीन नेपालीको शव नेपाल ल्याईएको बताए । प्रवक्ता जोशीका अनुसार चितवन जिल्लाको शितलपुर नगरपालिका २का ५९ बर्षिया तुल बहादुर परियार, सोही ठाँउका २८ बर्षिया कृष्ण परियार र २१ बर्षिया युवक पुर्ण नेपालीको शव नेपाल ल्याएर घरतर्फ पठाएको बताए । उतैबाट भारतीय जिपमा ल्याएको शव गड्डाचौकी नाका भएर घर तर्फ पठाईएको छ । भारतीय नम्बर प्लेटको उक्त एकै जिपमा तीनै शव ल्याईएको छ । मृतक तुल बहादुरका भान्जा गोपाल परियारले आइतबार बिहानसम्म घर पुगेपछि त्यतै अन्त्येष्टी गरिने बताए ।
मृतक चारै जनाको बद्रीनाथ स्थित सरकारी अस्पतालमा पोष्टमार्टम भएको थियो । केही समय अघि उनीहरु कामका लागि मातृभूमि छाडेर भारत उत्तराखण्ड पहाड पसेका थिए । परिवारको गुजारा चलाउन भारत पसेका चारै जना नेपालीको ज्यान गुमाएपछि घरमा विचल्ली भएको छ । यस अघि पनि भारतमा पहिरो, वाढी, दुर्घटनामा थुप्रै नेपालीले ज्यान गुमाईसकेका छन । यसरी कामका लागि छिमेकी मुलुक गएर अकालमै ज्यान गुमाउने नेपालीको बर्षनी सख्या बढेपनि चुनावका लागि स्वदेशमै रोजगारी दिन्छौँ, भन्ने नेताहरु चुनाव जितेपछि रोजगारीका कार्यक्तम भन्दा सरकार बनाउने ढलाउनमै समय गुजार्ने भएपछि नेपाली नागरिकको अकालमै प्राण त्याग्नुपर्ने बाध्यता भएको छ ।