एभरेष्ट साकोस १७ औं वर्षमा

महेन्द्रनगर: कञ्चनपुरको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था १७ औँ बर्षमा प्रवेस गरेको छ । भीमदत्त नगरपालिका १८ कञ्चनपुरको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था १९ औँ बर्षमा प्रवेस गरेको हो । कार्यक्रममा बोल्दै ब्यवस्थापक मदन सिह धामीले संस्थाले आफना सदस्यहरुलाई कर्जा लगानीमा सुरक्षा अपनाउदै कर्जा विमा अनिवार्य गरेको र भीमदत्त नगरपालिकाका सबै वडाहरु र बेदकोट नगरपालिकाका केही वडाहरुमा आफनो कार्यक्षेत्र विस्तार गरि सदस्यहरुलाई बचत तथा कर्जाका माध्यमबाट जिविकोपार्जनमा सहयोग पु¥याइरहेको बताउनुभयो । साधारण सभामा आ.व.०८०।८१ को २७ करोड ८१ लाख ८२ हजार ६सय ८४ रुपैयाको आय ब्यय प्रस्तुत गरिएको थियो । यसै गरी आ.व.२०८÷।८२ को २८करोड ३७ लाख ५१ हजार रुपैया बराबरको अनुमानित आयब्यय प्रस्तुत भएको थियो । सेयर पुजी २ करोड ५३ लाख ८७ हजार ६ सय रुपैया रहेको सहकारी संस्थामा आब ०८०/८१ मा कर्जा लगानीतर्फ ५ करोड ३२ लाख ०६ हजार २ सय ६९ रुपैया तथा बचत संकलन तर्फ ५ करोड १२ लाख १९ हजार ८ सय १४ रहेको छ ।

साधारण सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णु प्रसाद बोकटीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी अध्यक्ष साउदले संस्थाले समय समयमा जेष्ठ नागरिक असाय बालकालिकाहरुलाई विभिन्न रुपमा सहयोग गरि सामाजिक कार्य समेत गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विमला भाटले सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै अझै मध्यम आय भएकाहरुको जिवनस्तरमा सुधार ल्याउनु पर्नेमा जोड दिनु भयो । स सानो पूजिलाई संकलन गरी सदस्यहरुलाई समस्या पर्दा सहकारीले गर्ने सहयोग अतुलनिय हुने बताउनु भयो । यसैगरी कार्यक्रममा बोल्दै राष्टिय सहकारी बैंक महेन्द्रनगर शाखा प्रमुख नविन क्षेत्रीले विगत केही समयदेखि सहकारी क्षेत्रमा समस्याहरु आइरहेकोले संस्थाले विभिन्न वित्तिय नितिहरु लागु गरी सुरक्षित कर्जा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । वार्षिकोत्सव समारोहमा संस्थामा बचत तथा कर्जा कारोवारमा उत्कृष्ट कार्यगरी आर्थिक कारोवार गर्ने ९ जना आफ्ना सदस्यहरुलाई सम्मानित गरेको थियो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता तर्फ गणेश बहादुर बोहरा,भुपेन्द्र प्रसाद भट्ट,हर्क बहादुर भाट, नरेन्द्र प्रसाद पाण्डे्य तथा उत्कृष्ट ऋणिहरुमा विरेन्द्र चौधरी,.राजेन्द्र ऐर,केशब गिरी, विर बहादुर बुढा र .मुकेश कुमार रावल सम्मानित भएका छन । यस्तै गरी बजाप्रतिनिधि तर्फबाट लीला कंडेल धामीलाई सर्वोत्कृष्ट तथा नवराज जोशी र पुजा कुवँरलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसा पत्र प्रदान गरिएको थियो । साधारण सभाले आगामी दुई वर्षका लागी सचिव पदमा सिता जोशी कोषाध्यक्षमा हरिदत्त भट्ट र लोकराज ओझालाई सदस्यमा चयन गरेको छ । राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर शाखा प्रुमख नविन क्षेत्री, नेप्mसकुन महेन्द्रनगर शाखा प्रमुख यम बहादुर डांगी तथा सिटिजन लाइफ इन्सुरेन्स कम्पनी झलारी शाखा प्रमुख नवराज जोशी विशिष्ट अतिथि रहनुभएको थियो । आगामी दिनहरुमा संस्थाले आप्mनो कार्यक्षेत्र भित्र रहेका ग्रामिण क्षेत्रहरुमा समेत आर्थिक कारोवार बृद्धि गर्दै जाने संस्थाका अध्यक्ष सुरेन्द्र साउदले बताउनुभयो । संस्थाका अध्यक्ष सुरेन्द्र सिह साउदको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा भीदत्तनगर पालिकाका सहकारी इकाई प्रमुख विमला भाट प्रमुख अतिथि रहनुभएको थियो ।

ताजा समाचार