रौलेश्वरका शिक्षक दिपक भट्ट भन्छन, ‘हेडसर कृपाराम उपाध्यायमा प्रशासनिक क्षमता नै छैन’


धनसिह धामी /कञ्चनपुर: कञ्चनपुर बेलडाँडी गाँउपालिका २ को रौलेश्वर माध्यामिक विद्यालयका एक जना शिक्षक आफ्नै हेडसर बिरुद्धमा देखिएका छन । रौलेश्वर माध्यामिक विद्यालयका शिक्षक दिपक भट्टले हेडसर कृपाराम उपाध्यायमा प्रशासनिक क्षमता नभएको आरोप लगाएका छन । शिक्षक भट्टले विद्यालयको वातावरण सुधार गरी विगत कै छविमा विद्यालय पु¥याउन वर्तमान हेडसरले १०१ प्रतिशत नसक्ने समेत ठोकुवा गरेका छन । विद्यालयको अध्यक्ष चयन प्रकृया विवाद बारे समाचार प्रकासित भएपछि शिक्षक भट्टले समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै अहिलेका हेडसर उपाध्यायमा प्रशानिक क्षमता नै नभएको दावि गरेका हुन । शिक्षक भट्टले विद्यालयमा अध्यक्ष प्रकृया विवाद बारे समाचार बारे यस्तो कमेन्ट गरेका छन ।

‘विद्यालयको वातावरण सुधार गरी विगतकै छविमा विद्यालय पु¥याउन वर्तमान हेडसरले १०१ प्रतिशत सक्नुहुन्न । उहाँमा प्रशासनिक क्षमता छैन । यो कुरा बेलडाँडीका जिम्मेबार व्यक्ति सबैलाई थाहा छ । किन कि ०७७ सालमा विद्यालयका २१ जना शिक्षक कर्मचारीले हेडसरको कार्यशैली बिरोध गर्दै प्रेसविज्ञप्ती लेखेका थिए । तेति पनि पत्रिकाले समाचार लेखेकै थियो । तर चासो कसैले दिएन ? भनेर धारणा व्यक्त गरेका छन । यस बारेमा शिक्षक दिपक भट्टले आफुले समाजिक सञ्जालमा दिएको प्रतिकृयाको समाचार नबनाउन आग्रह गरेका छन । शिक्षक भट्टले समाजिक सञ्जालमा आफुले हेडसर बिरुद्धमा प्रकासित गरेपनि मिडियामा ल्याउन नहुने ल्याउने नै भए विद्यालयमा आउन आब्हान गरेका छन ।

यस विषयलाई समाचार नै बनाईहाल्नुपर्ने छैन, तर समाचार बनाएपनि मेरो नाम नहालिदिनुहोला भने तर शिक्षक आफैले समाजिक सञ्जालमा हेडसर बिरुद्धमा भने खुलेयाम दिएका छन । विद्यालयको अध्यक्ष चयन प्रकृयामा विवाद बारे समाचार रिर्पोटिङका क्रममा संचारकर्मीले प्रअ कृपाराम उपाध्यायसंग प्रतिकृया लिने क्रममा तपाई बिरुद्ध शिक्षक कर्मचारी दै देखिएका छन । भन्ने प्रशनमा प्रअ उपाध्यायले आफ्ना अगाडी कसैले पनि केही नभन्ने बाहिर के भन्ने बारे थाहा नभएको बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img