राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लफाँटा नगर समितिले सरसफाई अभियान सञ्चालन


शुक्लाफाँटा : रास्वपा शुक्लाफाँटाले भदौं २ गतेदेखि सरसफाई अभियान सञ्चालन गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लफाँटा नगर समितिले सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । भदौ २ गतेदेखि शुक्लाफाँटा नगरपालिका क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्न लागिएको हो। ‘स्वच्छ, सफा र स्वस्थ्य शुक्लाफाँटा हाम्रो शान, नगरवासी सवैको सफाई अभियान’ भन्ने नाराका साथ साप्ताहिक सरसफाई अभियान सञ्चालन गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लफाँटाका सभापति हरिश धामीले बताए। उनका अनुसार सरसफाई अभियान शुक्लाफाँटाका १२ वटै वडामा सञ्चालन गरिनेछ ।

नागरिकहरुलाई सहभागी गराई सरसफाईमा उत्तरदायी एवं सक्रिय बनाउन अभियान सञ्चालन गरिएको रास्वपा शुक्लाफाँटा नगर सचिव जेनल बिष्टले जानकारी दिए । उनका अनुसार नगरभित्रका राजमार्ग, सडक, नाली, ताल, नदी, सार्वजनिक र पर्यटकीय क्षेत्र, मन्दिर, सार्वजनिक विद्यालय, सरकारी कार्यालय, सार्वजनिक शैचालय, चोक, चौतारालगायतका स्थानमा सरसफाई गरिनेछ । विगतका दिनहरुमा धरै पटक सरकारी र गैरसरकारी संघसंस्थाहरुले विभिन्न समयमा सरसफाई अभियान सञ्चालन गरेपनि निरन्तर रुपमा हुन नसकेकाले रास्वपाले यो अभियानको थालनी गरेको उनको भनाई छ ।

रास्वपा शुक्लाफाँटाले यो अभियानको संयाजनकारी भूमीका निर्वाह गरेपनि यो अभियान सबै शुक्लाफाँटाबासीको भएकोले सबैको सक्रिय सहभागीताको अपेक्षा रहेको उनले बताए । शुक्लाफाँटा नगरभित्र पर्ने राजमार्ग क्षेत्रको सरसफाई गरि अभियानको शुभारम्भ गरिएको सचिव बिष्टले जानकारी दिए। भदौं २ गते बिहान ६ः३० बजेदेखि सरसफाई कार्यक्रम राजमार्गको पूर्वी क्षेत्र कलुवापुर बजारबाट शुरु भई राजमार्गको पश्चिम क्षेत्र झलारी बजारको अन्तिम क्षेत्र सम्म सञ्चालन गरिएको रास्वपा शुक्लाफाँटाले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img