कञ्चनपुर – बासुदेव भट्टको स्वरमा रहेको ऐना हेर्दै क्यारे दिन काटुली भाग -१ ‘के भन्नु खै पापा की परिलाई’ सार्वजनिक भएको छ। गीत आइतबार ‘अछामी बड्डो’ युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो। नेपाली मौलिक भाका र मौलिक शब्द रहेको उक्त लोक आधुनिक गीतमा लय तथा शब्द गायक भट्टकै रहेको छ ।
गीतमा बिनोद बाजुरालीको सङ्गीत रहेको छ। गीत काठमाण्डौस्थित मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियो निर्देशन मासुम बिष्टले गरेका छन् भने भिडियोको छायाङ्कन सतिश सिन्हाले गरेका छन्। गीतको आकर्षक म्युजिक भिडियो तयार गरिएको छ।






