विश्व आदिवासी जनजाती दिवसको तयारी पुरा

कञ्चनपुर : विश्व आदिवासी जनजाती दिवस भव्य रुपमा मनाईने भएको छ । उक्त कार्यक्रमको लागि तयारी सम्पन्न भएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठल बताए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा विश्व आदिवासी जनजाती दिवस मनाईने भएको हो ।

‘संविधान प्रदत अधिकार आदिवासीहरुको विशेष क्षेत्र, सरक्षित क्षेत्र, स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनवातीको भाषा लागु गर’ भन्ने मुल नाराका साथ हरेक बर्ष अगस्त ९ तारेखका लागि विश्व आदिवासी जनजाती दिवस मनाउने कार्यक्रम अन्र्तरगत कञ्चनपुर महेन्द्रनगरमा समेत दिवस मनाउन लागिएको हो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष श्रेष्ठले विश्वका विभिन्न मुलुकमा १९९४ देखि आदिवासी जनजाती दिवस मनाउने कार्यक्तम अन्र्तरगत नेपाल(कञ्चनपुर)मा पनि मनाउन लागेको बताए ।

अध्यक्ष श्रेष्ठले जिल्लामा आदिवासी जनजातीभित्र १२ जातीय संघ संगठन रहेपनि कञ्चनपुरमा ८ जातिय संघ संगठनहरुको मौलिक लोक साँस्कृतिक नृत्य प्रस्तुत गरिने बताए । प्रमुख अतिथी संविधाना सभा सदस्य कृपाराम राना रहने उक्त कार्यक्रममा कञ्चनपुरका आदिवासी जनजातीका अगुवा बल बहादुर डगौराले कार्यपत्र प्रंस्तुत गर्ने कार्यक्रम रहेको छ । हर्षोत्लासका साथ दिवस मनाउने उनले बताए । नेपाल आदिवासी जनजाती महासंघ भीमदत्त नगर परिषद अध्यक्ष कुमारी लक्ष्मी चौधरीले जिल्लाले आयोजना गरेको कार्यक्रममा भीमदत्त नगर सहित सबै कमिटि समिति तयारीमा खटिएको बताईन । उनले कार्यक्रममा आदिवासी जनजाती समुदायको बृद्धि विकासका लागि योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिने बताईन । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका सचिव साहेब रानाले कार्यक्रम सफल पार्नका लागि आदिवासी जनजाती समुदायकै व्यक्तित्वहरुलाई प्रमुख अतिथि देखि अतिथि बनाईने बताए ।

साउद २५ गते शुक्रबार  ममताज पार्टी प्यालेसमा हुने विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरको आयोजनामा भीमदत्तनगरपालिकाको सहयोग रेहेको छ ।

ताजा समाचार