जन्मदिने आमा माथि यौनजन्य हिंसा

कञ्चनपुर

सुन्दै नपत्याउने खालको कञ्चनपुरमा एक घटना घटेको छ । एक नर यौनपिपासुु पुरुषले आफ्नै जन्मदिने आमामाथि यौनजन्य हिंसा गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरिफाँटाका ३० बर्षिया नरपिपासु पुरुषले आफ्नै आमामाथि यौनजन्य हिंसा कुर्कम गरेका हुन् । यौनजन्य हिंसा सहन नसकि ५८ बर्षिया आमाले आफ्नै छोरा बिरुद्ध प्रहरीमा मुद्दा दिएकी छिन् । आमाले संसार मात्र होईन टुहुरो बालक हुर्काएर ठुलो बनाए, उनैमाथि छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्तीकरणीमा मुद्दा दायर गरेकी हुन् ।

अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै बृद्ध आमाले छोरा बिरुद्ध दायर गरेको मुद्दा कञ्चनपुर प्रहरीले दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोरा बिरुद्ध आमाले दिएको मुद्दा दर्ता भएको बताए । ‘मुद्दा दर्ता भईसकेको छ, ‘प्रवक्ता थापाले भने, ‘छोरालाई समेत पक्राउ गरि अनुसन्धान शुरु भईसकेको छ, म्याद थप गरेका छौँ ।’ सानैमा बाबुको स्वर्गबास भएपछि आमाले दुखसुख गरेर छोरालाई हुर्काएकी थिईन् । श्रीमती सहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका यि पुरुष कोरोना कहरले घर आएका थिए ।

कलयुग बहुलाएको भन्दै उनको कर्मप्रति समाजिक रुपमा बहिस्कार गरिएको छ । स्थानीयले जन्मदिने संसार देखाउने आमामाथि गरेको कुर्कमको सजाय भोक्नुपर्ने भन्दै यस्ता व्यक्तिमाथि कार्बाही गर्नुपर्ने माग अघि सारेका छन् । सम्भवत कञ्चनपुरका लागि यो घटना पहिलो नै रकर्ड भएको छ । मानव जिवनका लागि घटना निष्कलङकन भएको टिप्पणी गरिएको छ । दोषिलाई कुनैपनि कोणबाट उन्मुक्ति दिन नहुने भन्दै कानुनले दिएपनि समाजिक बहिस्कार हुने स्थानीयको भनाई छ । मदिराले नै आमाको छोराले अस्मिता लुटेको कतिपय स्थानीयको बुझाई छ । २४ सै घण्टा मदिराले लठ् हुने पुरुषले ‘आमा’ महिमा जोगाउन सकेनन् ।

ताजा समाचार

This will close in 10 seconds