महेन्द्रनगर : कञ्चनपुर जिल्लाको एक सामुदायिक विद्यालमा लागु औषध बिरुद्धको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत लागु औषध दुब्यर्सनी रोकथाम नियन्त्रण सम्बधी कार्यक्रम गरेको छ।

एनएनएसडब्लुए कञ्चनपुरको आयोजनामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको सहजिकरणमा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कञ्चनपुरको सहकार्यमा अस्थाई प्रहरी पोष्ट दैजीको सक्रियता बेदकोट.न.पा. ३ दैजी स्थित सारदा मा.बि. का बिद्यार्थीहरुको उपस्थितीमा “लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस सप्ताह ब्यापी कार्यक्रम” अन्तर्गत लागु औषध दुब्यर्सनी रोकथाम नियन्त्रण सम्बधी कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्र.नि. जमुना जोशीले प्रशीक्षण दिएकी थिइन्। सहकार्यमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस जून २६, २०२४ सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत मंगलवार शारदा माध्यमिक विद्यालय वेदकोट नगरपालिका वडा नं. ३ दैजी कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको एनएनएसडब्लुए क्षति न्यूनीकरण कार्यक्रमका कर्मचारी लोकेन्द्र सिंह धामीले जानकारी दिनु भयो । उनका अनुसार कञ्चनपुरका विभिन्न सामुदायिक विद्यालयहरुमा उक्त कार्यक्रमको आयोजना गरिएको छ।
बिद्यार्थीहरुलाई लागु औषध दुव्यर्सनी रोकथाम नियन्त्रण तथा अबैध करोबार बिरुद्धको पर्चा पम्पलेट तथा सचेतना मुलक कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम अनुसार असार १२ गते बुधबार बिहान जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरी र्याली कार्यक्रम गरि समापना गरिने छ।







