एनआई सी एशिया बैंकद्वारा बैतडीका बोहरा परिवारलाई घातक रोग बिमा बाफत १० लाख हस्तान्तरण


कञ्चनपुर : प्रण घातक रोगबाट ज्यान गुमाएका बैतडीका एक परिवारलाई एनआईसि बैंकले बिमा गरे बाफत बिमा रकम सहयोग गरेको छ । घातक रोग लागि ज्यान गुमाएका बैतडीका डम्बर सिंह बोहराको परिवारलाई घातक रोग बीमा वापत एनआईसि एसिया बैंकले १० लाख उपलब्ध गराएको हो ।
डिलाशैनी गाँउालिका ५ बोहराकी श्रीमती सावित्री बोहरालाई १० लाख रकम हस्तान्तण गरिएको छ । मंगलबार एक कार्यक्तमका विच स्व.डम्बर बोहराकी श्रीमती साबित्रीलाई उक्त चेक रकम हस्तान्तरण गरिएको छ ।

नेपाली सेनामा कार्यरत बोहराले घातक रोग बीमा गराएका थिए । बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख जीवन शाहीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन । नेपाल इन्स्योरेन्स कम्पनीको सहकार्यमा उक्त बीमा वापतको लाभ प्रदान गरिएको जनाएको छ । एनआई सी एशिया बैंकले मुलुकभर ३सय ६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img