कञ्चनपुरका महिलालाई दुनाटपरी बनाउने तालिम


कञ्चनपुर : कञ्चनपुरका महिलालाई दुनाटपरी बनाउने तालिमका महिलालाई दुनाटपरी तालिम दिईएको छ । महिला तथा बालबालिका सरक्षण सञ्जालको आयोजना एव सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा महिलालाई दुनाटपरी बनाउने तालिम दिईएको हो ।

महिला तथा बालबालिका सरक्षण सञ्जालका अध्यक्ष निर्मला जोशीले परम्परागत रुपमा हरियो पातबाट दुनाटपरी बनाएर दैनिक जिवनमा साधनका रुपमा प्रयोग गर्दै आएको अवस्थामा तालबाटै दुनाटपरी बनाउने तालिम दिएको बताईन । पाँच दिने उक्त तालिमका सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । दुनाटपरीबाट एकातिर परम्परागत संस्कृति सरक्षण, अर्कातिर वातावरण सरक्षणका साथै आत्मनिर्भरका लागि समेत उक्त तालिम संचालन गरिएको हो । ६ असार देखि शुरु भएको उक्त तालिम १०असार (सोमबार) सम्पन्न भएको छ ।

सुप प्रदेश सभा सदस्य मधु भारतीको प्रमुख आथित्यमा भएको समापन कार्यक्रममा भीमदत्त नगरका उपप्रमुख निलम लेखक प्रवक्ता पदम राज अवस्थी, ४का वडाध्यक्ष शुशिल भट्ट, समाजिक विकास कार्यालय महिला शाखा प्रमुख बिमला खत्री सहितको सरोकारवालाको उपस्थिति रहेको थियो । अतिथिहरुले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img