धार्मिक तालमा वर्षौ देखि पालिएका माछा चोरी


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम स्थीत प्राकृतिक तालमा रहेका माछा चोरी भएका छन । चुरे क्षेत्रमा रहेको तालको पानी सुक्दै गएपछि १९ वटा मोटरसाईलमा आएका ३८ जना व्यक्तिहरुले मध्यरात्रीका बेला माछा चोरी गरेर लगेका हुन । मन्दिरका कारिन्दा टिका खड्का अनुसार तालमा पानी सुक्दै गएपछि माछा मार्ने क्रम शुरु भएको थियो । त्यसको जानकारी उहाँले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलाई गराएका हुन ।
व्यवस्थापन समितिका एक जना सदस्य सहित दुई जनाले दिउसो तालमा माछाको अबस्था हेरेर फर्केका थिए ।

“सोही राती मोटरसाईलमा आएका व्यक्तिहरुले तालमा रहेका जिउदो माछा समात्दै बोरीमा राखेर लगेका हुन” खड्काले भन्नुभयो, “केही तालबाट माछा लगेर फर्केनन्, केही पुनः तालमा आएर अरु माछा समात्दै बोरीमा भर्दै गरेर लगे, रातीको बेला भएकाले को हौं किन धार्मिक तालमा रहेका माछा मारेर लग्न लागेको भनेपनि टेरेनन्, तालमा रहेका माछा रित्याएरै छाडे ।”

तालमा रहेका माछा तीन किलो देखि आठ किलो सम्मको रहेको उहाँको भनाई रहेको छ । उहाँका अनुसार तालबाट आठ देखि दश कुण्टल बढी माछा चोरी भएका छन ।वर्षौ अघि देखि तालमा पालिएका माछा चोरी भएपछि मन्दिर व्यवस्थापन समितिले चोरी गर्नेहरुको खोजी गर्न शुरु गरेको छ ।“तालबाट चोरी गरेर लगेका माछा झलारी, कलुवापुर र वनसमिति बजार क्षेत्रमा बिक्री गरेको पाईएको छ” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन हमालले भन्नुभयो, “तालका माछा मध्यरातीका बेला चोरी गर्नेहरुको पहिचान गर्ने कार्य गर्दै छौं, छिट्टै प्रचलित कानुन अनुसार कारवाही प्रकृया अगाडी बढाउछौं ।” तालबाट माछा चोरी नभएर हाकाहाकी रुपमै लुटेर लगेको उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img