बागफाँटा मुक्त हलिया बस्तीमा खानेपानीको समस्या


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटा मुक्त हलिया बस्तीमा खानेपानीको समस्या भएको छ । चर्को गर्मीसंगै धारा सुकेपछि मुक्त हलिया बस्तीमा खानेपानीको समस्या भएको हो । मुक्त हलिया बस्तीका स्थानीय युवा नरेश विसीले भएका धारामा पानी आउन छाडेपछि समस्या भएको बताए ।

उनले खानेपानीदेखि दैनिक घरसायी समस्या भएको बताए । ‘मानिसको आधारभूत बस्तु खानेपानीकै अभावले हामीलाई निकै सास्ती खेप्नु परेको छ, ‘उनले भने, ‘नजिकै गाँउमा गएर खानुपर्ने बाध्यता छ ।’

भीमदत्त नगरपालिका १९का अध्यक्ष जागुराम चौधरीले उक्त समस्या वडाबाट समाधान गर्न नसकिने भएकाले पालिकामा लगिने बताए । मुक्त हलियाले खानेपानीको सुविधा पु¥याउन माग अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img