लागुऔषध नियन्त्रणका लागी दोधारा चाँदनीमा एक दिने अभिमुखिकरण


दोधारा । दोधारा चाँदनीमा लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको आयोजना र दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोगमा एक दिने लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले दिनुभएको छ् ।

लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रममा वडामा बसोबास गर्ने २५ जना किशोर, किशोरीहरुको सहभागिता रहेको थियो । लागुऔषध नियन्त्रणका लागी अभिमुखिकरण कार्यक्रम उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्याय, वडा सदस्य कमला उपाध्याय, शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा खत्री, कोषाध्यक्ष धनसरा चन्द, लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानध्यापक राधिका भट्ट, शिक्षक रमेश उपाध्याय, बाबाथान प्रहरी चौकीका ईन्चार्ज रुपेन्द्र चन्द, अभिमुखिकरणका प्रशिक्षक पदम शाह लगाएत किशोर, किशोरीहरुको उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिका– ७ का वडा संदिप उपाध्यायले युवाहरु लागुऔषधको कुलतमा फस्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । युवाहरु देशका कर्णधार हुन भन्दै युवाहरुले लागुऔषधको कुलतमा युवाहरु फस्दै गएको अवस्थामा वडा कार्यालयले बिशेष गरि युवाहरुलाई कुलतबाट जोगाउन अभिमुखिकरण कार्यक्रम संचालन गरेको उनले बताए । लागु औषध नियन्त्रण गर्नको लागि नेपाल सरकारले बिशेष कार्य योजना बनाएर अगाडी बढ्नु पर्ने अवस्था श्रजना भएको बताउदै वडा सदस्य उपाध्यायले वडा क्षेत्रमा जनचेतनामुलक कार्यक्रमलाई अघि बढाउदै जाने बताए । वडा सदस्य कमला उपाध्यायले संचालन गरेको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक पदम शाहले प्रशिक्षण गरेका थिए ।

युवा शक्ति कुलतमा फस्नु भनेको मुलुकलाई ठुलो घाटा भएको बताउदै शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा खत्रीले हाम्रा परिवार, टोल छिमेकका कुनै युवा कुलतमा फस्दैछ भने बेलैमा सचेत गराउन र कुलतबाट छुटकरा दिलाउनको लागि आ–आफ्नो स्थानबाट महत्व पूर्ण भुमिका खेल्न सबैलाई आग्रह समेत गरेका छन् । समाजमा लागुऔषध दुव्र्यशनको तथ्यांक घटाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार र संघिय सरकारको कार्यक्रमहरुलाई एक्कै ठाँउमा राखेर सम्पुर्ण सरोकारवाला निकायहरुले संयुक्त रुपमा प्रभावकारी कार्यक्रम गर्न सक्नु पर्ने शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा खत्रीको भनाई रहेको छ् ।

लागूऔषधको नकारात्मक प्रभाव, कारण, बच्ने तरिका र दण्ड सजायको बारेमा अभिमुखिकरणका सहभागीहरुलाई अभिमुखिकरणका प्रशिक्षक पदम शाहले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा सहभागी किशोर, किशोरीहरुले लागुऔषध न्युनिकरण गर्ने कार्यमा प्रतिबद्धता जनाउदै कार्यक्रम निकै प्रभावकारी रहेको बताएका छन् ।


ताजा समाचार

spot_img