दोधारा । दोधारा चाँदनी नगरपालिकामा संचालन हुने रामलिला नाट्य श्रंखलाका बरिष्ठ कलाकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रेम क्षेत्रीको दुवै मृगौलामा समस्या देखिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान निवासी र हाल भारतको राजधानीको एक अस्पतालमा उपचार गराई रहेका दोधारा चाँदनी नगरपालिकामा संचालन हुने रामलिला नाट्य श्रंखलाका बरिष्ठ कलाकार तथा राप्रपाका नेता प्रेम क्षेत्रीलाई अहिले आएर उपचारमा आर्थिक समस्या भईरहेको बताईएको छ् । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिका– ७ को लक्ष्मी माबिको प्रांगणमा संचालन हुने आदर्श रामलिला नाट्य श्रंखलाका बरिष्ठ कलाकार रहदै आएका कलाकार प्रेम क्षेत्रीको दुबै मृगौलामा समस्या देखिएपछि उपचारको लागी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले रु. ५ हजार ५ सय रकम सहयोग पठाएका छन् । उनको उपचारमा झण्डै ३० लाख बढी रकम खर्चा भईसकेको बताईएको छ् ।

रामलिला नाट्य श्रंखालमा मेघनाथ, कुम्भकरण, ताडिका, लगाएत थुप्रै पात्रका अहम भुमिका निर्वाह गरिसकेका कलाकार प्रेम क्षेत्री दोधारा चाँदनी नगरपालिका क्षेत्रमा परिचित ब्यक्ती हुन् । उनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर क्षेत्रका बरिष्ठ नेता मानिन्छन् । बिगत लामो समय देखि संचालन हुने रामलिला नाट्य मुख्य भुमिका निर्वाह गरेको उनि, झण्डै २ वर्ष देखि उपचारको लागी भारतको राजधानी नई दिल्ली पुगेका हुन् । कलाकार प्रेम क्षेत्री मृगौलको समस्याले ग्रसित भएको र उनका धर्मपत्नीलाई क्यान्सर पछि शल्यक्रिया गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । ‘हाम्रो दोधारा चाँदनी वडा नं ७ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधाराका पुर्व अध्यक्ष, समाजसेवी तथा रामलीलामा धेरै पात्र गरेर दर्शकलाई मनोरञ्जन दिने प्रेम क्षेत्रीको दुबै मिर्गौला फेल भई दिल्लीमा उपचार जारी छ् । उनकी धर्मपत्नीलाई पनि क्यान्सर भएको थियो र शल्यक्रिया गरिएको छ् ।

भगवानले यस्तो दिन नआओस् । जिवन साथी एक अर्काको सहारा हो । दुवै जिवन साथीमा यस्तो हुरीबतास आएको छ् । तर उनीहरुले आर्थिक सहयोग मागेका छैनन् । म, बाट सुरु गर्छु, रु. ५ हजार ५ सय सहयोग गर्छु । मेरा साथीहरुलाई मद्दत गर्न अनुरोध गर्दछु’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले भने ।

कलाकार क्षेत्रीको उपचारमा सहयोग पुगाउने उद्धेश्यले वडाध्यक्ष खत्रीले अभियान संचालन गरेका छन् ।






