भुपी उपाध्यायको “पूर्व कि छोर्याट्टी” सार्वजनिक (भिडियो सहित)


महेन्द्रनगर: सुदुर पश्चिमकै चर्चित मोडल भुपी उपाध्यायले दर्शकहरु माझ नौलो प्रस्तुती ल्याएका छन । सुदुर पश्चिमको कलाकारीतामा आफ्नो लोकप्रियता कायम गर्न सफल भुपी उपाध्याय र चर्चित मोडल रोजी कुँवरले दर्शकहरु लाई नयाँ किसिमको प्रस्तुती पस्कने क्रममा देउडा गीत ल्याएर आएका हुन । युवा तथा सङ्गीत प्रेमी दर्शकहरुले आज भोली नेपाली गीत सङ्गीतलाइ सोचे भन्दा बढी मन पराइरहेका छन । पछिल्लो समय नेपाली गीत सङ्गीतले विश्वमै बढी रेकर्ड समेत राखिसकेका छन ।

भुपी उपाध्याय 

नेपालको मोडलिङ्गक्षेत्रमा सुदुर पश्चिम क्षेत्रलाई नेतृत्व गर्ने तथा आफ्नो देश तथा आफू जन्मेको जन्म भुमीलाइ गीत, सङ्गीत , मोडलिङ्ग लगायत म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरेका छन। नेपालको हरेक कलाकारले उहाँको आफू प्रतिको योगदान सम्झिने समेत गरेको पाइन्छ । पछिल्लो पाँच वर्ष देखि मोडलिङ्ग क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडदै हिडेका भुपी उपाध्याय सुदुर पश्चिमको बझाङ जिल्लामा जन्मेका हुन । उनले आफ्नो मोडलिङ्ग क्षेत्रबाट समाजमा सकारात्मक सोच समेत प्रदान गर्ने गर्दछन । नेपाली समाजमा कुशल समाज सेवक रुपमा समेत चिनिन्छन भुपी उपाध्याय। “पूर्व कि छोर्याट्टी” जय ओखेडा र स्मृति शाहीको को आवाज रहेको उक्त गित मा जय उखेडाको शब्द /सङ्गीत ,एरेन्ज राजेन्द्र बाजुरेली र तथा कोरियोग्राफर भीम थापा रहेको उक्त गीतमा भुपी उपाध्याय र रोजी कुँवरले अभिनय गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img