बेलाैरी : बेलाैरी नगरपालिका-८ मा रहेकाे नाेविल बैंक लिमेटेड कलकत्ता शाखा साजिक उत्तरदायित्वमा जाेड दिदै आएकाे छ । बैकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बेलाैरी-९ मा रहेकाे सिद्वकेदार आधारभुत विद्यालयका विद्यार्थीलाई चिसाेमा लगाउन न्यानाे गुगा वितरण गरेकाे हाे । स्कुलकाे २७ औ बार्षिक उत्सव एवं अविभावक दिवसकाे अवसरमा स्कुलका १ देखि ५ कक्षा सम्म अध्यनरत एक सयबढि बालवालिकालाई न्यानाे गुगा स्वीटर वितरण गरेकाे बैंकका शाखा प्रबन्धक पंकज भट्टले बताउनु भयाे ।
उनले भने “हामिले समय-समयमा बैंकले निर्वाह गर्ने सामाजिक उत्तरदायित्व अन्तरगत रहेर आवश्यकता अनुसार विभिन्न सामाजिक कार्य गर्दै आए अनुरूपनै यस पटक चिसाेमा लागाउने कपडा विद्यार्थीलाई वितरण गरेकाे हाै ।” यस अघि पनि बैंकले सामाजिक क्षेत्रका थुप्रै क्षेत्रमा यस्तै सहयाेग गर्दे आएकाे बताउदै शाखा प्रबन्धक भट्टले भने `कलकत्ता क्षेत्रका अन्य विद्यालयहरूमा समेत हामिले यस अघि यसरीनै कपि, किताब लगायत वितरण गरेेर सहयाेग गरेकाे बताउनु भयाे ।´ न्यानाे कपडा पाएका स्कुलका विद्यार्थी खुसि भएका छन् । यसरी बैंकले न्यानाे कपडा सहयाेग गरेकाेमा स्कुलका शिक्षक र विद्यार्थीले बैंक प्रती सहयाेगका लागि धन्यावाद सहित आभार प्रकट व्यक्त गर्दै बैैंकका शाखा प्रबन्धक भट्टलाई कार्यक्रममा प्रमाण पत्र सहित कार्यक्रमका प्रमुख अतिथि बेलाैरीका नगर प्रमुख चाैधरीबाट सम्मानित समेत भएका छन् ।
बैंकका शाखा प्रबन्धक भट्टले यसरीनै आगामी दिनहरूमा समृत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गरिदै जाने बताएका छन् । साे कार्यक्रममा स्कुलका विध्यालय व्यवस्थापन समिति अध्यक्ष वालि सिंह महताकाे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलाैैरी नगरपालिकाका प्रमख पाेतिलाल चाैधरी रहनु भएकाे थियाे । भने विशिष्ट अतिथिमा बेलाैरी-९ का वडा अध्यक्ष किसन सिंह राना, नाेविक बैंंक कलकत्ता शाखाका प्रबन्धक पंकज भट्ट रहेका थिए ।










